मुकुन्दराज दाहालको ‘दीपमालिका’ लोकार्पण « Khabarhub

मुकुन्दराज दाहालको ‘दीपमालिका’ लोकार्पण


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  साहित्यकार मुकुन्दराज दाहालद्वारा लिखित ‘दीपमालिका’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । 

शिष्टाचार अभियान नेपालले यहाँ आजोजना गरेको कार्यक्रममा साहित्यकार तथा पत्रकार प्रा पुरुषोत्तम दाहाल, साहित्यकार प्रा माधव भट्टराई र डा शैलेन्दुप्रकाश नेपाललगायत साहित्यकारले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गरे । 
    
सङ्ग्रहमा गद्यात्मक खण्डमा लेखिएका ४६ र पद्यात्मक खण्डमा लेखिएका ६० कविता समावेश छन् । सङ्ग्रहमा समावेश आधिकांश कविता राष्ट्रवादी भएको साहित्यकार तथा पत्रकार दाहालले बताए।

 त्यसैगरी देश र देशवासीप्रतिको सद्भाव मुछिएका कविताले आफ्नो जन्मभूमि, जिल्ला र गाउँप्रतिको प्रेम दर्शाएको उनको भनाइ छ । कवितामा पाखापखेरा, गाउँबेंसीप्रतिको मोह, जनमानसप्रतिको बेथिति, नेताप्रतिको वितृष्णा, चाडपर्व, रीतिरिवाज, नेपाली जनमानसको आफ्नो संस्कार, जताततै बढ्दै गएको अराजकतातिरको आक्रोश पनि समावेश गरिएको छ । 

लेखक दाहालले कवि÷साहित्यकारप्रतिको सद्भाव, गरिबप्रति सहानुभूति, राष्ट्र-राष्ट्रियताप्रतिको झुकाव, देशप्रेमप्रतिको चिन्तन, जन्मभूमि आसपासका भिरपाखाको वर्णन कवितामा गरिएको जानकारी दिए। 
    
सङ्ग्रहमाथि टिप्पणी गर्दै डा. अम्बिका अर्यालले मानव अधिकारको खोजी, बुद्धत्व हराउँदै गएकामा चिन्ता, गणतन्त्र आए पनि सर्वसाधारणका छोराछोरीको अपहरण, विभत्स हत्या रोकिएका छैनन् भन्ने कुरालाई कविताले जोड दिएको उल्लेख गरे। 

लेखक दाहालले भने, ‘देशमा समानता छैन, बुढापाका आफ्ना सन्तानका पीरले तड्पिरहेका छन्, पुराना सभ्यता र संस्कृति थला परेका छन्, यी र यस्तै विषयलाई कवितामार्फत उजागर गरिएको छ ।’
 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ५ : ०५ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा