सुदूरपश्चिम प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल  « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल 


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल सुरु भएको छ ।  

आज बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ‘आव २०८२-८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभाका सांसदहरू डम्मरी महरा, रमेशसिंह धामी, सन्तोषकुमारी शर्मा थापा, चक्रबहादुर मल्ल, इन्दिरा गिरी र माया पन्तले आ–आफ्नो धारणा राखेका थिए ।

आर्थिक मामिलामन्त्री थापाले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा राज्यका निर्देशक सिद्धान्त, मौलिक हक र प्रदेशको प्रथम पञ्चवर्षीय योजनालाई मार्गदर्शकका रूपमा लिइएको बताए। 

उनले भने ‘कार्यान्वयन हुन नसक्ने योजना पहिचान गरी विगतको कमीकजोरी सुधार गर्दै सन्तुलित बजेट निर्माण हुनेछ ।’  

आजको बैठकले सरकारको नीति कार्यक्रमको सम्बोधनका लागि ‘प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेशसभा बैठकले धन्यवाद ज्ञापन गर्दछ’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । 

यसअघि बैठकको प्रारम्भमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखबाट शुक्रबारको प्रदेशसभा बैठकमा प्रस्तुत भएको सरकारको आगामी आव २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रमको एकप्रति सभासमक्ष टेबुल गरेका थिए । 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ६ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै