देशभर मनसुनी वायुको प्रभाव, मध्यमदेखि भारी वर्षाको सम्भावना « Khabarhub

देशभर मनसुनी वायुको प्रभाव, मध्यमदेखि भारी वर्षाको सम्भावना


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

महाशाखाका अनुसार अहिले बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही तराईका भूभागमा आंशिक बदली रहने छ ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भूभागका एकदुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही तराईका भूभागमा आंशिक बदली रहने छ । मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

आज सूर्योदय बिहान ५ बजेर २६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : २२ बजे

दुर्लभ चरा संरक्षणमा चासो

तानसेन – चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन्

पोखराविरुद्ध काठमाडौंका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

टाटा टियागो इभिमा आकर्षक अफर घोषणा

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले

अमेरिकाको क्यालिफोर्नियामा एफ-१६ लडाकु जेट दुर्घटना

वासिङ्टन डीसी- अमेरिकामा बिहीबार युएस एयरफोर्सको एफ-१६ लडाकु विमान दुर्घटना

इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमणबाट बच्न मन्त्रालयको आग्रह 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू) बाट बच्न आग्रह