क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने « Khabarhub

क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं – फ्रान्स र बेलायतपछि क्यानडाले प्यालेस्टाइनलाई सेप्टेम्बर महिनादेखि लागु हुनेगरी स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अर्को वर्ष हमासको अनुपस्थितमा स्वतन्त्र निर्वाचन हुने सम्भावना समेत व्यक्त गरेका छन् ।

इजरायलले युद्ध विरामको प्रस्ताव नमानेमा सेप्टेम्बर महिनादेखि प्यालेस्टाइन्लाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायती घोषणाको एक दिनपछि कार्नीले सो कुरा बताएका हुन् । इजरायली प्रधानमन्त्रीले भने यो घोषणाले हमासलाई पुरस्कृत गरेको प्रतिक्रिया दिएका छन् । कार्नीले आउँदो संयुक्त राष्ट्र सङ्घीय महासभामा यो प्रस्ताव राख्ने समेत बताएका छन् ।

उनले वेस्ट बैंकमा इजरायलले बढाउँदै गरेको प्रभाव तथा अहिलेको गाजाको अवस्थामा चिन्ता व्यक्त गरेका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै कार्नीले गाजाको अमानवीय अवस्था बढी रहेको भन्दै दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : ४१ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक