क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने « Khabarhub

क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं – फ्रान्स र बेलायतपछि क्यानडाले प्यालेस्टाइनलाई सेप्टेम्बर महिनादेखि लागु हुनेगरी स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अर्को वर्ष हमासको अनुपस्थितमा स्वतन्त्र निर्वाचन हुने सम्भावना समेत व्यक्त गरेका छन् ।

इजरायलले युद्ध विरामको प्रस्ताव नमानेमा सेप्टेम्बर महिनादेखि प्यालेस्टाइन्लाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायती घोषणाको एक दिनपछि कार्नीले सो कुरा बताएका हुन् । इजरायली प्रधानमन्त्रीले भने यो घोषणाले हमासलाई पुरस्कृत गरेको प्रतिक्रिया दिएका छन् । कार्नीले आउँदो संयुक्त राष्ट्र सङ्घीय महासभामा यो प्रस्ताव राख्ने समेत बताएका छन् ।

उनले वेस्ट बैंकमा इजरायलले बढाउँदै गरेको प्रभाव तथा अहिलेको गाजाको अवस्थामा चिन्ता व्यक्त गरेका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै कार्नीले गाजाको अमानवीय अवस्था बढी रहेको भन्दै दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ६ : ४१ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ