क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने « Khabarhub

क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं फ्रान्स र बेलायतपछि क्यानडाले प्यालेस्टाइनलाई सेप्टेम्बर महिनादेखि लागु हुनेगरी स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अर्को वर्ष हमासको अनुपस्थितमा स्वतन्त्र निर्वाचन हुने सम्भावना समेत व्यक्त गरेका छन् ।

इजरायलले युद्ध विरामको प्रस्ताव नमानेमा सेप्टेम्बर महिनादेखि प्यालेस्टाइन्लाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायती घोषणाको एक दिनपछि कार्नीले सो कुरा बताएका हुन् । इजरायली प्रधानमन्त्रीले भने यो घोषणाले हमासलाई पुरस्कृत गरेको प्रतिक्रिया दिएका छन् । कार्नीले आउँदो संयुक्त राष्ट्र सङ्घीय महासभामा यो प्रस्ताव राख्ने समेत बताएका छन् ।

उनले वेस्ट बैंकमा इजरायलले बढाउँदै गरेको प्रभाव तथा अहिलेको गाजाको अवस्थामा चिन्ता व्यक्त गरेका छन् । बुधबार पत्रकारसँग कुरा गर्दै कार्नीले गाजाको अमानवीय अवस्था बढी रहेको भन्दै दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : ४१ बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय