थाकेको शरीरलाई ऊर्जा दिने खान्की खीर « Khabarhub

थाकेको शरीरलाई ऊर्जा दिने खान्की खीर


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

आज साउन १५। आज खीर खाने दिनका रुपमा मनाइन्छ। नेपाली समाजमा यस्ता धेरै विशेष दिन छन्। जुन दिनलाई विशेष खानाको परिकार खाने दिन भनेर छुट्याइएका छन्। असार १५ मा दही, चिउरा, जनैपूर्णिमामा क्वाँटी, माघे संक्रान्तिमा तिलको लड्डु, चाकु, तरुललगायतका परिकार खाएजस्तै साउन १५ मा खीर खाइन्छ।

सबै परिकारका आआफ्नै छुट्टै विशेषता भएजस्तै खीरको पनि आफ्नै महत्त्व रहेको छ। खीर नेपालीको सांस्कृतिक परिकार हो। भगवानलाई प्रसादका रूपमै चढाइने खीर हरेक भोजभतेर, श्राद्ध, पूजाआजा, विवाह, ब्रतबन्धको अनिवार्यजस्तै परिकार हो।

बच्चालाई पहिलो अन्नको रूपमा पास्नीमा खीर नै चखाउने गरिन्छ। पानी नमिसाएर दूधमा मात्रै चामल राखेर पकाउँदा अझ पोषिलो हुने पोषणविद् बताउँछन्।

साउन १५ मै किन खाने खीर ?
नेपालीपात्रो अनुसार साउन १५ वर्षाको मध्यविन्दुमा पर्छ। यही दिन खाने चलन हाम्रो संस्कृतिसंगै आवश्यकतासँग पनि जोडिएको पोषणविद् बिनिता पन्त बताउँछिन्।

खानेकुरासँग हाम्रो शरीरलाई जोड्दा हामीलाई चाहिने विभिन्न तत्त्वहरु जस्तै अहिले साउनको महिना खेतवारीमा काम गर्दा पानीले भिजिरहेका हुन्छौं। यस्तो बेलामा मनतातो खीर खाँदा हड्डीलाई बलियो बनाउनुका साथै क्यालोरी पनि दिने भएकाले धेरै मात्रामा इनर्जी पाइन्छ भनेर खीर खाने चलन रहेको उनको भनाइ छ।

त्यस्तै खीरमा चामल, चिनी, दूध र मसला पनि राख्ने हुनाले यी सबै चिजहरु पर्याप्त मात्रामा क्यालोरी पाइने स्रोत हुन् भने त्यसका साथसाथै मिनरल्स अर्थात् खनिज पदार्थ पनि खीरबाट पाइने भएकाले बर्खामा काम गरेर थाकेको शरीरलाई ऊर्जा दिन्छ भन्ने हेतुले खाने गरेको पाइन्छ।

खीर र स्वास्थ्य
खीरमा प्रयोग हुने दूध तथा मसलामा चिल्लोको मात्रा पर्याप्त हुने भएकाले हाम्रो शरीरमा इनर्जी खपत हुँदा शरीरमा तापक्रम सन्तुलन ल्याउन चिल्लोको एकदमै आवश्यकता पर्छ। चिल्लो पदार्थ हाम्रो छालालाई पनि स्वस्थ राख्ने भएकाले स्वास्थ्यका लागि एकदमै लाभदायी र पौष्टिक आहार मानिने पोषणविद् पन्त बताउँछिन्।

तर खीर कति खाने ? के सँग खाने ? भन्ने कुरामा भने ख्याल गर्नुपर्ने उनको भनाइ छ। पन्तका अनुसार हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेड तथा चिल्लोको मात्रा हामीले खीरबाटै प्राप्त गरिसकेका हुन्छौं। त्यसमाथि आलु खायौं भने हाम्रो शरीरलाई फाइदा गर्दैन। खीरसँग फाइबरको मात्रा पाउने चिजहरु जस्तै हरियो सागसब्जी, सलादहरु पनि खान उनको सुझाव छ।

खीरमा प्रयोग हुने दूध तथा मसलामा चिल्लोको मात्रा पर्याप्त हुने भएकाले हाम्रो शरीरमा इनर्जी खपत हुँदा शरीरमा तापक्रम सन्तुलन ल्याउन चिल्लोको एकदमै आवश्यकता पर्छ। चिल्लो पदार्थ हाम्रो छालालाई पनि स्वस्थ राख्ने भएकाले स्वास्थ्यका लागि एकदमै लाभदायी र पौष्टिक आहार मानिने पोषणविद् पन्त बताउँछिन्।

कस्ता व्यक्तिले खानु हुँदैन खीर ?
खीरमा प्रयोग हुने दूध, चामल, चिनीलगायतको सम्मिश्रणले गर्दा खीरमा कार्बोहाइड्रेडको मात्रा एकदमै धेरै हुन्छ। विशेषगरी सुगरका बिरामीले सकेसम्म नखाने र खाए पनि एकदमै कम मात्रामा खाने गर्नुपर्छ। उहाँ खीरसँगै तरकारी पनि खान सुझाव दिनुहुन्छ।

धेरै मात्रामा चिल्लो हुने भएकाले मुटुका बिरामीका लागि पनि खीर धेरै खानु उपयुक्त हुँदैन। दूध तथा मसलामा पोटासियम तथा फस्फोरसको मात्रा बढी हुने भएकाले मिर्गौलाका बिरामीका लागि पनि त्यति लाभदायी मानिदैन।

त्यसैले संस्कृति परम्परा मान्नका लागि थोरै मात्रामा खाए पनि यस्ता दीर्घरोगीहले खाजा वा खानाकै रुपमा खीर खान मिल्दैन। यी बाहेक अन्य सामान्य रोगका बिरामीहरुले खीर खानै हुँदैन भन्ने होइन। तर मोटो मान्छे छ र कसैले तौल घटाउने प्रयास गरेको छ भने त्यस्ता व्यक्तिका लागि उच्चतम क्यालोरी भएको खानेकुरा भएकाले कम नै खाँदा राम्रो हुन्छ।

बालबालिका तथा वृद्धवृद्धाका लागि पनि राम्रो खानाका रुपमा खीरलाई लिइन्छ भने आवयश्क तथा कडा परिश्रम गर्नेहरुका लागि पनि खीर अत्यन्तै राम्रो खाजाको रुपमा परिचित छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : ४४ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,