फिल्म निर्देशनमा पाँडेको डेब्यू पक्का, आजैबाट सुरु गरे ‘झरीपछिको इन्द्रेणी’ छायाङ्कन « Khabarhub

फिल्म निर्देशनमा पाँडेको डेब्यू पक्का, आजैबाट सुरु गरे ‘झरीपछिको इन्द्रेणी’ छायाङ्कन


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’का कलाकार, लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले फिल्म निर्देशनमा डेब्यू गर्ने पक्का भएको छ ।

फिल्म ‘झरीपछिको इन्द्रेणी’बाट उनले फिल्म निर्देशन यात्रा सुरु गरेका हुन् । यस फिल्मको बिहीबार ललितपुरको एक मन्दिरमा शुभमुहूर्त गर्दै उनले छायाङ्कन सुरु गरेका हुन् ।

पाँडेका अनुसार यो फिल्मको छायाङ्कन काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ । ४५ दिनमा यस फिल्मको छायाङ्कन पूरा गर्ने योजनामा उनी रहेका छन् ।

यस फिल्ममा कलाकार तथा निर्देशक दीपाश्री निरौला, नायक गणेश उप्रेती, निर्मल शर्मा, प्रियाना आर्चाय (मुन्नी) रमेश उप्रेती लगायतका कलाकार शीर्ष भूमिका रहने बताइएको छ ।

यही फिल्मबाट ९ वर्षपछि नायक गणेशले ठूलो पर्दाको अभिनयमा कमब्याक गर्ने भएका छन् । ‘सक्किगोनि’ टिमबाट प्रियानाको मात्रै यस फिल्ममा अभिनय रहने बताइएको छ ।

पाँडेका अनुसार आवश्यक परेको अवस्थामा फिल्ममा उक्त सिरियलका अन्य कलाकारको प्रवेश हुनेछ । उनले भने, ‘अहिलेको अवस्थामा सिरियलका अन्य कलाकार अनुबन्ध हुने अवस्था छैन ।’

यस फिल्मको कथा कुमार व्यञ्जनकार (कुमार बेन)को हो । अर्जुन घिमिरे, गणेश कार्की र विशाल घिमिरेले पटकथा लेखेका हुन् । पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्ममा सुशील कडरियाको लगानी रहनेछ ।

यस फिल्मको एक गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको र्‍याप गीत समावेश रहने पाँडेले बताएका छन् ।

पाँडे र कुमार कट्टेल (जिग्री)को ब्यानर जेपीटी क्रिएसनले गत वर्ष फिल्म ‘लाज शरणम्’ बनाएको थियो । जिग्रीले निर्देशन गरेको उक्त फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ५ : ३१ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले