बालुवाटारमा जुटे कांग्रेस र एमालेका शीर्ष नेता « Khabarhub

बालुवाटारमा जुटे कांग्रेस र एमालेका शीर्ष नेता


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशमा सत्ता संघर्ष चलिरहेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरू बालुवाटारमा जुटेका छन् ।

बागमतीमा वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा र कांग्रेस सांसद इन्द्र बानियाँबीचको कलहले प्रदेश सरकार समस्यामा परेका बेला दुई दलका नेता संवादमा जुटेका हुन् ।

सांसद बानियाँले बुधबार भएको मतदानबाट २२ मत ल्याउँदै लामालाई संसदीय दलको नेताबाट हटाइसकेका छन् । लामाले १४ मत मात्रै पाए । तर पनि लामाले संविधानअनुसार आफूले पद छाड्नु आवश्यक नरहेको अडान राखेका छन् ।

उता एमालेले भने कांग्रेस केन्द्रको संस्थागत निर्णय कुर्ने जनाएको छ । बुधबार नै बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसको संस्थागत निर्णयअनुसार अघि बढ्ने जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ४४ बजे

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

गलकोट– नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ