कांग्रेसको कलहले बिरामी परे बागमती प्रदेश प्रमुख, तीन मन्त्रीको शपथ रोकियो « Khabarhub

कांग्रेसको कलहले बिरामी परे बागमती प्रदेश प्रमुख, तीन मन्त्रीको शपथ रोकियो


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसभित्रको घर झगडाले बागमतीका प्रदेश प्रमुखलाई समेत छोएको छ।

बहालवाल मुख्यमन्त्री बहादुरसिंह लामा र मुख्यमन्त्री बन्न खुट्टो उचालिसकेका इन्द्र बानियाँबीचको कलहले प्रदेश प्रमुख दीपक प्रसाद सापकोटा बिरामी नै परेका हुन् ।

एक वर्षअघि मुख्यमन्त्री बनेका बहादुरसिंहलाई हटाएर आफू मुख्यमन्त्री बन्न मकवानपुरका इन्द्र बानियाँले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

उक्त अविश्वास प्रस्तावमा बुधबार भएको मतदानमा बानियाँको पक्षमा २२ र लामाको पक्षमा १४ मत खस्यो । एक मत बदर भएको थियो । लामाले बुधबारबाटै दलको नेताको हैसियत गुमाइसके पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएर बसेका छन् ।

उता बानियाँ दलको नेतामा आफू आइसकेकाले अब मुख्यमन्त्री पद आफ्नो पोल्टामा आउनुपर्ने बताइरहेका छन् ।

यही विवादबीच बुधबार मात्रै लामाले तीनजना नयाँ मन्त्री नियुक्त गरेका थिए । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाएका थिए ।

लामाले लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका थिए । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी तोकिएको थिएन ।

बागमतीमा कांग्रेसले सम्हालेका ५ मन्त्रीले राजीनमा दिएर लामालाई संकटमा पारकेा थिए । गत साउन ९ गते चार र १३ गते एकजना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

बुधबार लामाले नियुक्त गरेका तीनै मन्त्रीको शपथ बिहीबारका लागि तय गरिएको थियो । तर अचानक प्रदेश प्रमुख सापकोटा बिरामी परिदिए त्यो पनि उपचारका लागि काठमाडौं नै जाने गरी ।

बुधबार नै अर्को सत्ता साझेदार नेकपा एमालेले कांग्रेसको संस्थागत निर्णय नआएसम्म आफू कसैको पक्षमा उभिने निर्णय गरेको थियो । कांग्रेस सांसद केशव पोखरेलले कांग्रेसको संस्थागत निर्णयपछि मात्रै मुख्यमन्त्रीमा कसलाई सघाउने भन्ने निर्णय गरिने बताएका थिए ।

एमालेसमेत पर्ख र हेरको अवस्थामा बसेको अवस्थामा लामाले नियुक्त गरेका मन्त्रीको पद शपथ नै लिन नपाई जाने अवस्था आएको छ। शपथ नहुँदा तीनै मन्त्रीले तोकिएको र विनाविभागीय कार्यभर सम्हाल्न पाएका छैनन् ।

यस्तोमा बिहीबार दिउँसो १ बजेका लागि ती मन्त्रीहरूलाई शपथ दिलाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको थियो । तर केन्द्रमा कांग्रेस अनिर्णित बन्दा प्रदेश प्रमुख सापकोटासमेत बिरामी हुन पुगे ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले बिहीबार बिहान जारी गरेको वक्तव्यमा बिहीबार दिउँसो १ बजेका लागि तोकिएको शपथ नहुने उल्लेख छ ।

उनले प्रदेश प्रमुख सापकोटाको स्वास्थ्यमा अचानक समस्या आएकाले उपचारका लागि काठमाडौं नै जानुपरेको जनाएका छन् ।

‘बागमती प्रदेश सरकारका नव नियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ साउन १५ गते बिहीबार दिनको १ बजेका लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मलाई शपथ ग्रहण कार्यक्रम स्थगन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, प्रवक्ता सापकोटाले भनेका छन् ।

तर उनले प्रदेश प्रमुखको स्वास्थ्यमा के समस्या आयो भन्ने केही पनि खुलाएका छैनन्। वक्तव्यमा अकास्मत स्वास्थ्यमा समस्या आएकाले काठमाडौं जानुपरेको मात्रै भनिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ३२ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ