आकाशे पानी पुनर्भरणका लागि आवश्यक संरचना बनाउन जोड « Khabarhub

आकाशे पानी पुनर्भरणका लागि आवश्यक संरचना बनाउन जोड


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले तराई–मधेशमा भूमिगत रुपमा दुई सय ५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने बताएका छन् ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा बिहीबार आयोजित वृहत वृक्षरोपण कार्यक्रममा उनले तराई मधेशका जिल्लामा एक सय देखि १५० मिटर गहिराइमा पानीको पर्याप्त स्रोत नभएकाले पनि कम्तिमा पनि दुई सय ५० मिटर गहिराइका  ‘डिपवाटर एक्फर’ मार्फत बोरिङ गरेमा पर्याप्त मात्रामा भूमिगत पानी निकाल्न सकिने बताए ।

समितिका अनुसार दुई सय मिटरसम्मको गहिराइको भूमिगत पानीको सतहलाई ‘स्यालो वाटर एक्फर’ भन्ने गरिन्छ  भने दुई सय ५० मिटरको गहिराइको भूमिगत पानीको सतहलाई ‘डिप वाटर एक्फर’ भन्ने गरिन्छ ।

अध्यक्ष पौडेलले दुई सय ५० मिटर गहिराइको डिप बोरिङको खर्च तुलनात्मक रुपमा बढी भएपनि यस्ता खालका बोरिङ बढी प्रभावकारी हुने दावी गरे । ‘भूमिगत पानीको सतह छिमेकी मुलुक भारत र नेपालको उस्तै खालको छ । २५० मिटरभन्दा गहिराइको पानी भारतको तर्फबाट प्रयोग भइरहेका छन्,’ उनले भने, ‘हाम्रो नेपालको तर्फबाट गरेका छैनौँ । यद्यपि हामीले थोरै मिटरको गहिराइमा पानी खनेर यहाँ भूमिगत पानी छैन भनिरहेका छौँ ।’

अध्यक्ष पौडेलले महानगर लगायतका अन्य निकायले ठूला खालका डिप बोरिङ खन्दा कम्तिमा पनि दुई सय ५० मिटर मुनिबाट बोरिङ खन्ने कामलाई प्रोत्साहन गर्न जरुरी भएको बताए ।

अध्यक्ष पौडेलले तराई–मधेशमा यो वर्ष पानी कम परेर र पानीको उपयोग बढी गरेर पनि यहाँ विगत केही वर्षदेखि पानीको समस्या सिर्जना भएको बताए  ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, खानेपानी/सिँचाईसँग सम्बन्धित सङ्घ–संस्थाले चुरे क्षेत्रभित्र जुनसुकै बेला परेको पानीलाई भूमिगत रुपमा संरक्षण गर्नका लागि विभिन्न खालका पोखरी तथा तालतलैया बनाउन  जरुरी रहेको उनको भनाइ छ ।

समितिका अध्यक्ष पौडेलले सहरी क्षेत्रमा आफ्नो घर वरपर आकाशे पानी पुनर्भरणको लागि आवश्यक संरचना बनाउन पनि जरुरी रहेको बताए ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पनि वीरगञ्ज महानगरमा देखिएको पानीको सङ्कट समाधानका लागि तत्कालीन र दीर्घकालीन योजनाको विषयमा आवश्यक काम गर्दै आइरहेको दावी गरे ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्ज आसपासमा विगत लामो समयदेखि वृक्षरोपण कार्यलाई प्रथामिकतामा राख्दै आइरहेको बताए । (रासस)

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १२ : ४१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ