भत्ता खाने नागरिक खोज्दै शहर पस्यो महावै गाउँपालिका | Khabarhub Khabarhub

भत्ता खाने नागरिक खोज्दै शहर पस्यो महावै गाउँपालिका


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालीकोटको महावै गाउँपालिकाले शहर पसेका भत्ता खाने नागरिक खोजी गरेको छ । गाउँपालिकाले भत्ता खाने नागरिकका लागि सुर्खेतमा वायोमेट्रिक शिविर सञ्चालन गरेको हो ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा बस्ने वृद्ध आमा–बुबाको सहजताका लागि भन्दै एक हप्ते वायोमेट्रिक शिविर सञ्चालन गरेको छ । शिविर साउन १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । 

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

विगतमा सामाजिक सुरक्षा भत्ता लिनका लागि नवीकरण गरे मात्रै पुग्ने गरेको यो वर्षदेखि बायोमेट्रिक अनिवार्य गर्नु पर्ने भएकाले गाउँपालिकाले सुर्खेत, बर्दिया बाँके र कैलालीमा बस्ने वृद्धवृाद्धाहरुका लागि सुर्खेतमा शिविर राखिएको शिविरका सम्पर्क व्यक्ति मनराज कार्की बताए । 

‘अहिले व्यक्ति नै उपस्थित हुनुपर्छ,’ उनले भने,‘सामाजिक सुरक्षा लिने वृद्धवृाद्धाहरु सबै गाउँमा हुनुहुन्न । कोही बिरामी भएर वा आफन्तको बस्नु भएकाले गाउँपालिकाले सुर्खेतमा शिविर राखिएको हो ।’

शिविर सञ्चालन भएदेखि १५ साउनको १२ बजेसम्म ८२ जना वृद्धवृाद्धाले सेवा लिएको कार्कीले जानकारी दिए । उनका अनुसार यो संख्या अझै बढ्दै जाने अनुमान गरे । 

पालिकाका अधिकांस लाभग्राहीहरू औषधि उपचार लगायतका कामले शहर बस्ने गरेका कारणले सुर्खेतमा शिविर चलाउनु परेको  गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । 

‘पालिका वृद्धवृद्धा लाभग्राहीहरू औषधि उपचार लगायतका कामले शहरमा हुनुहुन्छ । उहाँहरू कोही हिँडेर जाने सक्ने अवस्थामा हुनुहुन्न,’ उनले भने,‘त्यसैले शहरमा नै वा उहाँहरू भएको ठाउँमा सेवा दिनु परेको हो ।’

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  १ : २८ बजे

विद्याका अघि ईश्वर पोखेरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा सघाइरहेका नेकपा (एमाले)

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा

गाजा क्षेत्रमा स्थल आक्रमण शुरु हुँदै, ६० हजार जगेडा सैनिक परिचालन हुने

काठमाडौं– गाजा क्षेत्रमा स्थल आक्रमण गर्न इजरायली फौजले दशौँ हजार

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि