तालै तालको पाटन, धार्मिक आस्थाको केन्द्र बुढीनन्दा (तस्बिरहरू)   | Khabarhub Khabarhub

तालै तालको पाटन, धार्मिक आस्थाको केन्द्र बुढीनन्दा (तस्बिरहरू)  


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

धनगढी– चार हजार पाँच सय ८१ मिटरको उचाइ । त्यो उचाइमा पनि तालैतालको पाटन । धेरैका लागि कल्पना बाहिरको दृश्य हुन सक्छ । ताल पनि एक वा दुई मात्रै होइन्, नौ बढी तालहरूको बगैँचा नै भेटिन्छ, बुढीनन्दा पाटनमा । सेताम्ये हिँउचुचुरा, तातैतालले भरिएको पाटन, साथका बग्ने ठूला ठूला झरना, अनि धार्मिक आस्थाको शक्ति केन्द्र, बुढीनन्दा, आस्था र आकर्षणको स्वर्ग जस्तै छ । 

बाजुरा प्राकृतिक र धार्मिक गन्तव्यले भरिएको भू-स्वर्ग नै हो । जहाँ बडिमालिका, खप्तड, बुढीनन्दा र रानीसैन जस्ता धर्तीका स्वर्ग र हिन्दु धर्मावलम्बीहरूको आस्थाका गन्तव्य हुन् । जीवनकै वरदान माग्न सर्वसाधारण ती गन्तव्यमा पुग्छन् । प्रकृतिको आनन्दका लागि पर्यटकको रोजाइमा पनि पर्ने गरेका छन् ।

विश्वका हिन्दु धर्मावलम्बीहरूको महान धर्मस्थल मानसरोवरकै फेदीमा अडेको पहाडको नाम हो, बुढीनन्दा । बुढीनन्दा पहाडको सिधा सम्पर्क मानसरोबरसँग छ । त्यसकारण पनि बुढीनन्दा देवीलाई वरदानकी देवी भनेर यहाँका स्थानीयले पूजा पाठ गर्ने गरेका छन् । 

बुढीनन्दा जसरी विश्वास र आस्थाले अडेको छ । त्यो भन्दा बढी सुन्दरताले पनि भरिएको देखिन्छ । बुढीनन्दा पाटनभित्र कैलाश ताल, राक्षस ताल, त्रिवेणी, दउने ताल, देवताल सहित दर्जनको सङ्ख्यामा भेटिन्छन् । त्यस्तै आधा दर्जन झरनाहरूको सुन्दरता पनि अलौकिक छ । चार हजार पाँच सयमाथिको उचाइमा पनि झरना भेटिने कुरा पत्यार नलाग्न सक्छ, तर त्यो वास्तविकता हो ।

बुढीनन्दाभित्रका तालहरू मनाङको तिलिचोपछि दोस्रो उचाइमा छन् । जहाँ साउन भदौमा पनि सेताम्ये हिउँ देखिन्छ । १० महिना सेतो हिँउको घुम्टोले नै ढपक्क ढाक्ने गर्छ । पहाडै पहाडको शहरले थप शोभा बढाएको छ । 

त्यहाँका विभिन्न तालहरूको विशेषता भिन्नै छ । कोही दानवका लागि महत्व बोकेका छन्, कोही भगवानका लागि । त कोहीले मानवसँग पनि । पुग्नेहरू स्वर्गकै उपमाको संज्ञा दिन्छन् । सो स्थानमा बुढीनन्दा भगवतीले बास गर्छन् भन्ने भनाइ छ। 

देवीको प्रत्येक वर्षको जनैपूर्णिमाको अवसरमा वर्षको एक पटक पूजा हुन्छ । धार्मिक आस्थाको धरोहरका रुपमा रहेको बुढीनन्दा क्षेत्रको महिमा उच्च भागका तालहरुले दिएका छन् । उक्त क्षेत्रबाट मुगु, हुम्ला कालिकोट सहितका जिल्लाहरूको दृश्य नियाल्न सकिन्छ । बझाङमा रहेको साइपाल हिमाल र जेठीबाैरानीको मनमोहक दृश्य हेर्न सकिन्छ । 

तालहरूमध्ये राक्षस दहमा दर्शनार्थीले नजर समेत लगाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ । सोही मान्यता अनुसार ताल देखिएपनि दर्शनार्थीले नदेखे झै गर्ने गर्छन् । त्यो तालमा राक्षसले मात्र नुहाउने गरेकोले दृश्य पनि निकै कालो देखिने गरेको, बुढीनन्दा दर्शन गर्न गएकाहरूले बताउने गरेका छन् ।

राक्षस दहको दृश्य देखेमा परिवारमा पीडा थपिने, देवी रिसाउने र मागेको बर नपाईने गरेको किम्वदन्ती छ । मन्दिरनजिकै रहेको अर्को तालमा दर्शनार्थीले नुहाउने गर्छन् । उक्त दहका नुहाएमा पापबाट मुक्त भइने र देवी खुसी भएर मागेको बर दिने भनाई छ । 

तर त्यसको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हुन सकेको छैन । १५ हजार फिट उचाइमा देवीको मन्दिर छ । त्यो पनि पुर्खाहरूले ढुङ्गाले बनाएको छ । संरचना राम्रो नभएपनि स्थान प्रकृतिकै उपमा हो । 

तिलिचोपछिको दोस्रो उचाइमा तालहरू भए पनि राज्यले कुनै खोजी नगरेकोमा स्थानीयसमेत रहेका बुढीनन्दा नगरपालिकाका प्रवक्ता जंगवीर रोकाया गुनासो गर्छन् । बुढीनन्दाको प्रचार-प्रसार नहुँदा थाहा भएकाहरू मात्रै दर्शनका लागि जाने गरेका छन् । बाजुरा लगायत सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट भक्तजन आउँछन् तर प्रचारको कमी छ ।

भक्तजनहरूले सन्तान र धन प्राप्तिका लागि बुढीनन्दा देवीको दर्शन गर्ने गरेका छन् । बडीमालिका देवीले नदिएको बर बुढीनन्दा देवीले दिने धार्मीक विश्वास स्थानीयमा छ । निःसन्तानिलाई सन्तान, दुःखीलाई सुःख अन्न धन प्राप्त हुने विश्वास हुने विश्वास छ । बुढीनन्दालाई भगवतीकी बहिनीहरु मध्येकै जेठी हुन्, भन्ने मान्यता छ । 

बाजुरा सदरमुकाम मार्तडीबाट कालाजग्रा पाण्डुसैन हुँदै कुरुखोला पुगिन्छ । कुरुखोलाको बासपछि धनभण्डार लेकमा पुगिन्छ । त्यहाँ ओढारमा बस हुन्छ र सदरमुकाम मार्तडीबाट तेस्रो दिन बढीनन्दा पुगिन्छ । नेपालगञ्जबाट कोल्टी विमानस्थल हुँदै गएमा दुई दिनमा पनि पुगिन्छ । तर धार्मीक मान्यता अनुसार तीन दिन लगाएर पुग्नु पर्ने हुन्छ । 

सधैको समयमा सो क्षेत्र जान सकिदैन् । जेष्ठदेखि असोजसम्म मात्र सो क्षेत्रमा जान सकिन्छ । मागेको कुरा पाइने, धन लाभ हुने र बाँझोपन भएका, वा नि:सन्तानलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास छ । यस क्षेत्रमा हकदाबी कोल्टीक्षेत्र नुरी र कुरुखोला क्षेत्रका स्थानीयको छ । उनीहरूले बुढीनन्दा क्षेत्रको वन क्षेत्रको उपयोग गर्ने गरेका छन् । 

बर्षातका चार  महिना तल्लो क्षेत्रमा भेडा च्यांग्रा चरनका लागि छोडिन्छ । हिउँ पग्लिएपछि जडिबुटीका लागि पनि स्थानीय बुढीनन्दा पाटन जाने गरेका छन् । आकर्षक पाटनहरु तथा ताल वरिपरि रहेका आकर्षक झर्नाहरूले त्यहाँ जाने जो कोहीलाई लोभ्याउने गरेको छ ।

खाली खुट्टाले एक दिन पैदल यात्रा गरे पनि कुनै प्रकारको कठिनाई नहुने विश्वास छ । त्यही बमोजिम बुढीनन्दा यात्रामा जाने भक्तजन खाली खुट्टै दर्शनका लागि मन्दिर पुग्ने गरेका छन् । दलित समुदायले जानु हुँदैन, अनिष्ट हुन्छ, भन्ने कुमान्यता रही आएको थियो, त्यो गएको तीन वर्षयता मात्र तोडिएको छ । 

बुहुमूल्य जडीबुटीको खानी तथा लोपन्मुख बन्य जन्तु र चराचुरुङ्गीको बसोबास क्षेत्र सोही स्थानमा पर्छ । रङ्गीचङ्गी फूलहरूको मनमोहक दृष्य हेर्न पाउनु भक्तजनका लागि अर्को सौभाग्य हो । यो क्षेत्र मानसरोसर क्षेत्रसँग पनि जोडिएकोले धार्मिक विशेष बढी छ । यो वर्षपनि जनैपूर्णिमा मेलाको तयारी भइरहेको छ । 

बुढीनन्दाको छार्पे पाटनमा अतिथि गृह, भक्तजनलाई सहज

धार्मिक आस्थाको धरोहर र पर्यटकीय क्षेत्रका रुपमा परिचित बुढीनन्दाको छाप्रे पाटनमा अतिथि गृह निर्माण गरिएको छ । धार्मीक मेलामा जानेहरुको सहज बासका लागि छाप्रे पाटनमा अतिथि गृह निर्माण गरिएको हो ।

पर्यटन प्रवर्द्धन तथा पर्यटकको सहजताका लागि छाप्रे पाटनमा भवन एक करोड १९ लाख ४२ हजार ७ सय १५ रुपैया ४४ पैसा लागतमा स्थायी टहरा निर्माण गरिएको छ । भवन उषा कन्स्ट्रक्सनले निर्माण गरेको हो ।  

दुईवर्ष पहिला अतिथि गृह निर्माण गरिएको हो । यो पटक अरु ठाउँमा पनि बास बस्नका लागि अतिथि गृह निर्माण गरिएको बुढीनन्दा नगरपालिकाले बताएको छ । छार्पे पाटन पौराणिक, एैतिहासिक, पर्यटकीय एवं धार्मिक तिर्थस्थल बुढीनन्दा माईको मन्दिर जाने पदमार्गको हो । 

प्रचार गर्न एमाले र बुढीनन्दा नगर कार्यपालिकाको बैठक

बुढीनन्दा क्षेत्रको विकासका लागि सरकारी तर्फबाट खासै प्रयास भएको छैन । प्रकृतिको उपमा बुढीनन्दा राज्यको नजर बाहिर छ । त्यसको नत प्रचार हुन सकेको छ, न त संरक्षण नै । पहिलो पटक २०७० सालमा तत्कालीन नेकपा एमाले बाजुराले बुढीनन्दा यात्रा गरेको थियो ।

तत्कालीन जिल्ला अध्यक्ष प्रकाश बहादुर शाह नेतृत्वमा गएको जिल्ला कमिटीको बैठकसमेत त्यही नै बसेको थियो । त्यस बैठकपछि मात्रै दलित समुदायबाट दर्शनका लागि सहज प्रवेश भएको देखिन्छ । त्यसअघि दलित समुदायबाट बुढीनन्दा जानु हुन्न भन्ने कु-मान्यता थियो । एक पटक बीचबाटो बाटै प्रहरी जवानलाई फर्काएको र दलित समुदायलाई प्रवेश रोक लगाएको विषयमा उजुरी समेत परेको थियो ।

त्यो धार्मिक यात्रा र बैठक पछि मात्र बुढीनन्दाले बढी महत्व पाएको छ ।  दुई वर्ष पहिला बुढीनन्दा नगर कार्यपालिकाको बैठक पनि बुढीनन्दामा बसेको थियो । छाप्रे पाटनमा बनेको अतिथि गृहमा नै औपचारिक बैठक बसेको र बुढीनन्दामा पुगेर प्रचार र प्रवद्र्धनका केन्द्रीत घोषणा पत्र जारी गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । 

बुढीनन्दा धार्मिक आस्थाको धरोहर र प्रमुख पर्यटकीय गन्तव्य हो, यसको प्रवर्द्धन र विकास नगरपालिकाको पहिलो एजेण्डा छ । जो अहिलेपनि त्यसको प्रर्वद्धन र विकासको काममा लगानी भइरहेको बोहराले थपे । 

बुढीनन्दामा पनि साउन २३ मा मेला लाग्ने 

बुढीनन्दामा यो वर्ष साउन २३ गते मेला लाग्ने भएको छ । जनैपूर्णिमाको अघिल्लो दिन बाजुराको बडीमालिकासहित यहाँका दर्जन बढी शक्तिपीठमा एक साथ मेला लाग्ने गरेको छ । देवी पर्वत चढेको मौका पारेर मेला साइत लाग्ने स्थानीय पुजारीहरू बताउँछन् । 

रहेक वर्ष सयैको सङ्ख्यामा भक्तजन बुढीनन्दा जाने गरेका छन् । बुढीनन्दा नगरपालिका–४ मा पर्ने उक्त क्षेत्रमा प्रत्येक वर्षको जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गरेको छ । बुढीनन्दा यतिबेला तीर्थालु भक्तजन तथा पर्यटकहरूलाई पर्खिरहेको छ ।  बुढीनन्दा धार्मिक यात्रालाई पालिकाले यो वर्ष पनि महत्वका साथ अघि बढाउने तयारी थालेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : ३५ बजे

ट्रम्पले छ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश गर्न दिने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ

गौतमबुद्ध र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल

काठमाडौं– भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय

तीजको दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– हरितालिका तीजको दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनो अंकले

सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ

भेरी अस्पतालमा निःशुल्क डाइलायसिस सेवा

नेपालगञ्ज– भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क