‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’ | Khabarhub Khabarhub

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान नभएको बताएका छन् । उनले पानीको अभाव रोक्न दीर्घकालीन स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए।

वर्षायाममा समेत पानी नपरेको कारण हालै तराईका जिल्लामा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले डिप बोरिङ गरेर पानीको समस्या समाधान गर्ने बताएसँगै गुरुङले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 

‘तराई र पहाडमा पानीको सतह दिनदिनै तल जाँदैछ, डिप बोरिङले पानीको सतह अझै तल लान्छ, जमिन खोक्रो बनाउँछ, जमिन भासिएर थप जोखिम निम्तिने अवस्था आउँछ, डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने अस्थायी समाधान होला, तर स्थायी समाधान होइन’, उनले भने।

उनले जमिनको क्षयीकरणसँगै पानीको सतह झनै घट्न गई भविष्यमा पानीको अभाव बढ्न सक्ने र  मरुभूमिकरण हुनसक्ने जोखिमबारे सचेत गराए। 

‘भविष्यमा पानीको सतहलाई माथि उकास्न, पानीको अभाव हुन नदिन र जमिनलाई मरुभूमिकरणको जोखिमयुक्त सम्भावनाबाट जोगाउन वृक्षरोपण अनिवार्य हुन्छ । तसर्थ नदी, खोला र खोल्साको दुवै किनारामा तराईमा १०० मिटर र पहाडमा १०० फिट बाँस, नर्कटलगायतका स्थानीय प्रजातिका बोट बिरुवा रोप्नुपर्छ । खोलाको ढुङ्गा बालुवा निकाल्न दिनु हुँदैन’, उनले भने।

उनले नदीको क्षयीकरण रोक्न सङ्घीय सरकारले कडा कानुन बनाएर लागू गराउनुपर्ने जोड दिए । गुरुङले यस विषयमा कार्ययोजना बनाएर लागू गर्न, कानुनी प्रबन्ध गर्न प्रधानमन्त्री, वन तथा वातावरणमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलगायतलाई विभागले आफ्नो धारणा प्रस्तुत गर्ने उल्लेख गरे ।
 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  २ : १४ बजे

विद्याका अघि ईश्वर पोखेरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा सघाइरहेका नेकपा (एमाले)

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा

गाजा क्षेत्रमा स्थल आक्रमण शुरु हुँदै, ६० हजार जगेडा सैनिक परिचालन हुने

काठमाडौं– गाजा क्षेत्रमा स्थल आक्रमण गर्न इजरायली फौजले दशौँ हजार

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि