प्रधानमन्त्री तुर्कमेनिस्तान जाँदै, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय | Khabarhub Khabarhub

प्रधानमन्त्री तुर्कमेनिस्तान जाँदै, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन् ।  

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान लागेका हुन् । 

बिहीबार सिंहदरबारमा साउन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २ दशमलव ८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने रानी जमरा सिँचाई आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब ९२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार सर्वोच्च अदालतका रजिस्टार विमल पौडेललाई न्याय सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिस्टार पदमा बढुवा गर्ने निर्णय गरेको उनले बताए ।  

प्रवक्ता गुरुङले वर्षा नहुदाँ समस्या परेका किसानलाई आवश्यक राहत लगायतका व्यवस्था गर्न सरकारले तराई मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको बताए । खरिद, निर्माण प्रक्रियाका लागि सहज रूपमा व्यवस्था गर्न सबै मन्त्रालयहरू गम्भीर भएको उनले जानकारी दिए ।  

प्रवक्ता गुरुङले जनताप्रति उत्तरदायी र जिम्मेवार भएर तत्काल समस्या समाधान गर्न खोजेको भन्दै यसमा अनावश्यक राजनीतिक स्टन्डबाजी आवश्यक नरहेको जिकिर गरे । 

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  २ : ५७ बजे

अमेरिकी कर दक्षिण एसियामा भारतलाई सबैभन्दा महंगो, पाकिस्तानलाई सबैभन्दा सस्तो 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को गरी विभिन्न मुलुकमाथि

जन्मदिनका नाममा होटलदेखि सडकसम्मै चक्रे मिलनको तामझाम, प्रहरीले ४७ जनालाई लियो हिरासतमा

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित ४७

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

गोरखा– जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्षमा २० लाख १६

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ ।

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

वीरगञ्ज– पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ प्रतिशत