वीरेन्द्रनगरका १४ वडामा ३५५ सीसीटिभी क्यामेरा जडान गरिँदै | Khabarhub Khabarhub

वीरेन्द्रनगरका १४ वडामा ३५५ सीसीटिभी क्यामेरा जडान गरिँदै


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा ३५५ वटा सीसीटिभी क्यामेरा जडान गर्न लागिएको छ । वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा वीरेन्द्रनगरका १–१४ नम्बर वडाका विभिन्न क्षेत्रमा ३५५ वटा क्यामेरा जडान गर्न लागिएको हो ।

सीसीटिभी क्यामेरा जडानका लागि तीनै पक्ष (नगरपालिका, टेलिकम र जिल्ला प्रहरी) बीच बिहीबार सम्झौता भएको छ । सम्झौताअनुसार पहिलो चरण ६ महिनाभित्र १०५ वटा क्यामेरा जडान गरिसक्नुपर्ने छ । बाँकी २५० क्यामेरा चालु आर्थिक वर्षभित्रै जडान गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

नगरपालिकाका अनुसार वडा नम्बर १ मा २४, वडा नम्बर २ मा ११, वडा नम्बर ३ मा ३२, वडा नम्बर ४ मा ५, वडा नम्बर ५ मा ९, वडा नम्बर ६ मा ८, वडा नम्बर ७ मा २२, वडा नम्बर ८ मा १६, वडा नम्बर ९ मा १४, वडा नम्बर १० मा १२, वडा नम्बर ११ मा ९, वडा नम्बर १२ मा २६, वडा नम्बर १३ मा ५ र वडा नम्बर १४ मा २ वटा क्यामेरा जडान गर्न लागिएको हो ।

बाँकी बुलबुले, पिपलचौतारा लगायतका धेरै चहलपहल हुने क्षेत्रमा जडान गर्न लागिएको नगरपालिकाले जनाएको छ । जडान गरिएको सीसीटिभी नेटवर्क, वाइफाई हटस्पटमा नेपाल टेलिकमको एफटीटीएच अप्टिकल फाइबर प्रयोग गर्नेगरी सम्झौता भएको छ । वडा, राजमार्ग तथा पर्यटकीय क्षेत्रलाई सीसीटीभी क्यामेराले समेट्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताअनुसार क्यामेरा तथा वाइफाई हटस्पट जडानका लागि पहिलो पक्ष (नगरपालिका) ले आवश्यक भौतिक पूर्वाधारहरू पोल तथा अन्य सामग्री, विद्युत आपूर्ति, स्वीच, राउटर, केवल, क्यामेरा, एनभीआर लगायतका उपकरणहरुको व्यवस्थापन गर्नेछ ।

दोस्रो पक्ष (टेलिकम) ले क्यामेराका लागि फाइबर नेटवर्कमार्फत केनेक्टिभिटी उपलब्ध गराउने उल्लेख छ । जडान गरिएका क्यामेरा तथा उपकरणहरूको सुरक्षाको जिम्मा तेस्रो पक्ष (प्रहरी) ले लिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

पहिलो चरणमा १०५ वटा क्यामेरा जडान गर्नका लागि ११ लाख ६९ हजार ५०० रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ। यो रकम नगरपालिकाले ब्यहोर्नेछ। बाँकी क्यामेरा जडानका लागि नगरपालिकाले नै थप लागत ब्यहोर्ने छ ।

दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप क्यामेरा जडान गरिनेछ। वीरेन्द्रनगरमा बढ्दो जनसङ्ख्याका थपिएका चुनौती, लागूओैषध, सडक दुर्घटना तथा अन्य आपराधिक गतिविधिलाई मध्यनजर राख्दै क्यामेरा जडान गर्न थालिएको वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकालले बताइन् ।

‘हामीले वीरेन्द्रनगर सहरलाई व्यवस्थित र सुरक्षित बनाउनु छ, सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर क्यामेरा जडान गरी प्रहरीलाई सहयोग गर्ने पनि उद्देश्य हो,’ उनले भनिन्, ‘वीरेन्द्रनगर, सुन्दर, सुरक्षित र पर्यटकीय लगाएतका सुशासनयुक्त नगरका रुपमा विकास गर्न चाहन्छौँ ।’

सहरी सुरक्षा, अनुशासन, अमनचयन कायम गराउनका लागि जडान गरिने सीसीटिभी क्यामेरा सञ्चालनका लागि निरन्तरता दिइने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कमल लामिछानेले बताए । उनले सहरी क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न यसबाट सहयोग पुग्ने बताए ।

नगरपालिकाले थालेको यो कार्यले शान्ति, सुरक्षा, अमनचयन निरन्तर राख्न प्रहरीलाई सघाउ पुग्ने सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : ०७ बजे

मुलुकलाई लागूऔषधमूक्त बनाउन निर्मम भएर काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषधमूक्त बनाउन अत्यन्त कडा र

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले

झलनाथलाई माधवले भने- संस्थागत निर्णय नमान्नेले पार्टीबाट बिदा लिँदा हुन्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानित

हृदयन्द्रको जुम्ला भ्रमणको भिडियोबारे माओवादी सांसदको टिप्पणी- राजतन्त्र फर्काउने अर्को षड्यन्त्र

काठमाडौं — पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहका सुपुत्र

कक्षा कोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण

दोधारा चाँदनी- कञ्चनपुरका तीन पालिकाका सामुदायिक विद्यालयमा कक्षा कोठामै विद्यार्थीको