मोदीको भ्रमणले भारतीय पर्यटकको आगमन बढ्ने मालदिभ्सका पूर्वराष्ट्रपति नसिदको विश्वास « Khabarhub

मोदीको भ्रमणले भारतीय पर्यटकको आगमन बढ्ने मालदिभ्सका पूर्वराष्ट्रपति नसिदको विश्वास


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले आफ्नो मुलुकमा पर्यटकको सङ्ख्या बढ्ने बताएका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध बलियो हुँदा सबैलाई लाभ मिल्ने पनि उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति नसिदले मोदीको मालदिभ्स भ्रमणबाट भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरे । उनले भारतीय आर्थिक सहायतामा निर्माण भइरहेको हनिमाडु विमानस्थल चाँडै सम्पन्न हुने पनि विश्वास व्यक्त गरे ।

यस विमानस्थलको निर्माणकार्य पूरा भएको खण्डमा दक्षिण भारत र उत्तरी मालदिभ्सबीचको हवाई सम्पर्क सहज हुने जनाइएको छ । समस्याग्रस्त अवस्थामा रहेको मालदिभ्सको अर्थतन्त्रलाई भारतले ठूलो सहायता प्रदान गरेको पनि उनले उल्लेख गरे ।

मालदिभ्सको ६० औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी मालदिभ्स पुगेका हुन् । मालदिभ्समा मोदीलाई भव्य स्वागत गरिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ८ : ३१ बजे

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि