सिसुवाखोलामा पक्की पुल | Khabarhub Khabarhub

सिसुवाखोलामा पक्की पुल


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा निर्माण सम्पन्न भएको ४५ मिटर लामो पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

रू पाँच करोड लागतमा निर्माण सम्पन्न भएको उक्त पुल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक विशेष समारोहका बीच उद्घाटन गरे । अम्बर–कुन्सालिङ निर्माण कम्पनीमार्फत विसं २०७९ को वैशाखमा निर्माण सुरु गरिएको पुल रु चार करोड ६५ लाखको लागतमा सम्पन्न भएको हो ।

सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा बजेट व्यवस्थापन गरी सिलिचोङ गाउँपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

पुल सञ्चालनमा आएपछि सिसुवा, वाला, ताम्कु जस्ता दुर्गम बस्तीहरू खाँदबारी बजारसँग प्रत्यक्ष रुपमा जोडिने भएका छन्। साथै, सिलिचोङ गाउँपालिका–१ सिसुवा र वडा नम्बर २ स्थित बाला, बुधबारे हुँदै ताम्कुसम्मको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादन तथा सेवा प्रवाहमा समेत उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

स्थानीय स्तरमा वर्षौँसम्म काठका चाक्ली र अस्थायी बाँसका पुल प्रयोग गरेर खोलो तर्न बाध्य रहेका स्थानीय बासिन्दाहरूले अब सुरक्षित रूपमा यात्रा गर्न पाउने भएका छन् ।

सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले पुलले दुर्गम बस्तीको भौतिक पूर्वाधार सुदृढीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “अब यहाँका नागरिकलाई दैनिक ओहोरदोहोर, कृषि उपजको ढुवानी र सेवा प्रवाहमा सहजता मिल्नेछ”, उनले भने, “ग्रामीण क्षेत्रको समग्र आर्थिक र सामाजिक विकासमा पुलले टेवा पु¥याउने छ ।”

पुल निर्माणपछि ताम्कु, वाला र सिसुवा क्षेत्रबाट खाँदबारीसम्मको दूरी मात्र होइन, जोखिमपूर्ण यात्रा घट्ने भएको छ । यातायात सञ्जाल विस्तारसँगै गाउँगाउँमा उत्पादन भएका कृषिवस्तु सहजै बजार पु¥याउन सकिने र अन्य सेवाहरू प्रभावकारी रूपमा प्रवाह हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले पुल निर्माणलाई ग्रामीण विकासको दिशातर्फको नयाँ कदमका रूपमा लिएका छन्। पुल मात्र होइन, यो सञ्जालबाट अब समग्र क्षेत्रमा विकासको ढोका खुलेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ८ : ४२ बजे

एमालेले विघटित प्रतिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विघटित प्रतिनिधिसभामा आफ्नो दलबाट प्रतिनिधित्व

बागलुङमा थपिए ६३१ मतदाता

गलकोट– बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार

किसान श्रेष्ठले भने- नेकपा एस सकियो, जीवनकै ठूलो भूल सच्याएर घर फर्कियौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) छाडेका पूर्वसांसद किसान श्रेष्ठ सोमबार राष्ट्रिय

सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि भरतपुर अस्पतालमा तनाव 

चितवन– भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको

पशुपति पुगेर प्रधानमन्त्रीले भनिन्- राजनीतिक भर्ती केन्द्र नबनाउनु

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती