प्रेस युनियनको एक सय दिने सदस्यता विशेष अभियान सुरु « Khabarhub

प्रेस युनियनको एक सय दिने सदस्यता विशेष अभियान सुरु


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’ सुरुआत गरेको छ । प्रेस युनियन केन्द्रीय समितिको निर्णयअनुसार आज काठमाडौँ शाखामार्फत औपचारिक रुपमा अभियान सुरुवात गरिएको हो ।

प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, प्रेस युनियनका सल्लाहकारद्वय तारानाथ दाहाल र धर्मेन्द्र झाले एक कार्यक्रमका बीच आफ्नो सदस्यता नवीकरण गरेर अभियानको शुभारम्भ गरिएको हो ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष महेश गौतमको अध्यक्षतामा सुरु भएको शुभारम्भ अभियानमा क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण र नयाँ सदस्यता दिने घोषणा गरिएको छ । सदस्यता विशेष अभियानले पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशील सञ्चारकर्मीलाई सदस्यता दिलाउन सहयोग पुग्ने प्रेस युनियनका अध्यक्ष लम्सालले जानकारी दिए ।

प्रेस युनियन सदस्यता विशेष अभियान साउन १४ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन गर्ने प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए। सञ्चार क्षेत्रमा कार्यरत क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण गर्न र सञ्चारमाध्यममा कार्यरत रहेको प्रमाणसहित आवेदन दिएका आधारमा मात्र नयाँ सदस्यताको सिफारिस गर्न निर्देश गरिएको युनियनले जनाएको छ ।

शाखाले प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएका सदस्यता आवेदन तथा नवीकरण फारमसहितका आवश्यक कागजात तथा शुल्क बुझाएको आधारमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृत हुने युनियनले जनाएको छ ।

सदस्यता विशेष अभियान शुभारम्भ कार्यक्रममा नेपाल प्रत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, नेपाल प्रेस युनियनका युनियनद्वय सल्लाहकार तारानाथ दाहाल र धर्मेन्द्र झा, प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहाललगायतले सदस्यता अभियानका बारेमा धारणा राखेका छन् ।

सदस्यता अभियान सञ्चालन गर्न केन्द्रीय समितिले ७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखालाई सर्कुलर गरेको युनियनले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ९ : ०० बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा