एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख फाइदा « Khabarhub

एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख फाइदा


१५ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)बाट करिब २ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तुत गरिएको आय–व्यय विवरणमा गहन छलफल गर्दै अन्तिम अनुमोदन अर्को बैठकबाट हुने जनाएको छ।

क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको छ। कुल खर्च भने २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ पुगेको छ। त्यसअनुसार एनपीएलको राजस्व बाँडफाँडअघि कुल नाफा ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेको थियो।

यस नाफाबाट ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठवटा फ्रेन्चाइज टोलीहरूलाई वितरण गरिएको छ। प्रदेशस्तरका क्रिकेट संघहरूलाई समेत ७० लाख रुपैयाँ बाँडफाँड गरिएको छ। बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा रहेको छ।

क्यान प्रवक्ता छुम्बी लामाले विज्ञप्तिमार्फत जानकारी दिँदै एनपीएल परिचालन परिषदले प्रस्तुत गरेको पहिलो संस्करणको आय–व्यय विवरण अध्ययनपछि आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरिने बताएका छन्।

यससँगै क्यानले एनपीएलको सफल सुरुआतसँगै संस्थागत आम्दानी बढाउने दिशामा ठोस पाइला चालेको संकेत गरेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ९ : ०९ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको