पाकिस्तानमा फेरि भेटिए पोलियोका बिरामी « Khabarhub

पाकिस्तानमा फेरि भेटिए पोलियोका बिरामी


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा फेरि पोलियो रोगका बिरामी भेटिएका छन् । यस वर्षमात्रै पाकिस्तानमा पोलियोका १७ जना बिरामी फेला परिसकेका छन् ।

यसअघि गत जनवरी महिनामा मुलुकको खैबर पख्तुनख्वा प्रान्तमा पोलियोका बिरामी भेटिएका थिए । त्यसयताको आठ महिनामा पाकिस्तानका विभिन्न स्थानमा पोलियोका १७ जना बिरामी फेला परेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।

पोलियो रोगको फैलावट रोक्नका लागि पाकिस्तानले यसै वर्षको शुरुदेखि खोप अभियान सञ्चालन गरेको छ । हालसम्म पाकिस्तानले ४ करोड ५० लाख बालबालिकालाई खोप दिइसकेको ट्रिब्युनले उल्लेख गरेको छ ।

पाकिस्तानका विभिन्न समुदायले पोलियो खोप अभियानको विरोध गर्दै आएका छन् । यस कारण त्यहाँ अझै पनि पोलियो उन्मूलन हुन नसकेको बताइन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ७ : २१ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको