हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी : गृहमन्त्री लेखक « Khabarhub

हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी : गृहमन्त्री लेखक


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताएका छन् ।

पर्साको वीरगञ्जमा हैजाको प्रकोप देखिएसँगै शनिबार राति झाडापखाला र हैजाका बिरामीको स्थितिबारे बुझ्नका लागि आफू नारायणी अस्पतालमा आइपुगेको बताए ।

‘अहिले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउज्यान जोगाउन जेजति काम गर्नुपर्ने हो । सोहीअनुसार काम गर्नका लागि तयारी अवस्थामा रहेका छौँ’, उनले भने, ‘औषधिको कमी हुन दिनेछैनौँ । चिकित्सकको पनि कमी हुन दिनेछैनौँ ।’

गृहमन्त्री लेखकले उपचारका लागि आवश्यक पर्ने नर्सिङ स्टाफ र अन्य जनशक्तिका लागि पनि आवश्यक समन्वय र सहजीरकरण गर्ने बताए । ‘हैजाको जुन प्रकोप देखिएको छ, सोको नियन्त्रण गर्नेतर्फ अग्रसर भइरहेका छौँ’, उनले भने । अहिले सबैतिर हैजा भाइरसको विषयमा आवश्यक सहजीकरण र समन्वय गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेछ ।

शनिबार राति नारायणी अस्पताल वीरगञ्जका हैजा प्रभावित बिरामी र उनीहरुका आफन्तसँग भेटघाटपछि गृहमन्त्री लेखकले अस्पतालमा भर्ना भएका बिरामी निको हुँदै गएको बताए ।

गृहमन्त्री लेखकले अस्पतालमा उपचार गराएर फर्किने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको बताए । (रासस)

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ७ : २७ बजे

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको

पहिलो त्रैमासिकमा जिल्ला प्रशासन मनाङ देशभरकै उत्कृष्ट

काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को पहिलो त्रैमासिकमा मनाङ

सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।