आसामविरुद्धको सिरिज एक खेल अगाडि जित्ने नेपालको लक्ष्य : आज चौथो भिडन्त « Khabarhub

आसामविरुद्धको सिरिज एक खेल अगाडि जित्ने नेपालको लक्ष्य : आज चौथो भिडन्त


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको गुवाहटीमा असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ टिमले चौथो प्रतिस्पर्धा गर्दैछ।तीन खेल सम्पन्न भएको सिरिजमा नेपाल लगातार दुई खेलमा विजयी भएको छ।पहिलो खेलमा डक वर्थ लुइस (डीएल) पद्धतिका आधारमा १५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको छ।

चौथो खेल आइतबार साँझ ५ बजे सुरु हुँदैछ।यो प्रतिस्पर्धा नेपाल क्रिकेट संघ क्यानले आफ्नो युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।

क्यानले घोषणा गरेको अनिलकुमार साह कप्तान रहेको नेपाल ‘ए’ टिमममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन्।

नेपालले आसाममा पाँच टी–२० प्रतिस्पर्धा गर्दैछ। आसामसँगको पाँचौ अर्थात् अन्तिम भिडन्त सोमबार हुँदैछ।

टिम नेपाल ‘ए’ । तस्बिरः क्यान

नेपाल ‘ए’ टिम

नेपाल ‘ए’ टिममा कप्तान अनिलकुमार शाहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ८ : ५९ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका