विदेशमा भएकाले श्रीनगर एग्रीटेक इन्डष्ट्रिज आइपीओ भर्ने अन्तिम दिन « Khabarhub

विदेशमा भएकाले श्रीनगर एग्रीटेक इन्डष्ट्रिज आइपीओ भर्ने अन्तिम दिन


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आइतबार अन्तिम दिन हो।

कम्पनील पहिलो चारणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेकाका लागि भदौ ११ गतेदेखि आइपीओ खुला गरेको थियो।

कम्पनीले जारी पूँजी एक अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्नेछ।

जसमा १ प्रतिशत अर्थात् एक करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको एक लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावितका लागि तीन करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको तीन लाख ९ हजार ९३८ कित्ता साधारण शेयर विदेशमा भएकाका लागि रहेको छ।

प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ।

उद्योग प्रभावितको लागि छिटोमा भदौ २५ र ढिलोमा असोज ९ गतेसम्म आवेदन दिनुपर्ने छ। विदेशमा भएकाको हकमा भने छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते आवेदन दिनुपर्ने छ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १० : ०२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना