विदेशमा भएकाले श्रीनगर एग्रीटेक इन्डष्ट्रिज आइपीओ भर्ने अन्तिम दिन « Khabarhub

विदेशमा भएकाले श्रीनगर एग्रीटेक इन्डष्ट्रिज आइपीओ भर्ने अन्तिम दिन


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आइतबार अन्तिम दिन हो।

कम्पनील पहिलो चारणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेकाका लागि भदौ ११ गतेदेखि आइपीओ खुला गरेको थियो।

कम्पनीले जारी पूँजी एक अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्नेछ।

जसमा १ प्रतिशत अर्थात् एक करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको एक लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावितका लागि तीन करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको तीन लाख ९ हजार ९३८ कित्ता साधारण शेयर विदेशमा भएकाका लागि रहेको छ।

प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ।

उद्योग प्रभावितको लागि छिटोमा भदौ २५ र ढिलोमा असोज ९ गतेसम्म आवेदन दिनुपर्ने छ। विदेशमा भएकाको हकमा भने छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते आवेदन दिनुपर्ने छ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १० : ०२ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि