राष्ट्र बैंकले दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्ने « Khabarhub

राष्ट्र बैंकले दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्ने


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो पटकको दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नदिने भएको छ।केन्द्रीय बैंकले यो पटकको दशैँमा सुकिला नोट मात्र वितरण गर्ने भएको छ ।

सुकिला नोट साट्नका लागि भदौ २९ देखि असोज १० गतेसम्मको समय राष्ट्र बैंकले तोकेको छ।

नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सर्वसाधारणलगायत विभिन्न संघ संस्थाका लागि उक्त मितिमा बैंकिङ कारोबार गर्दा सुकिला नोट सटही गर्ने व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, प्रदेशस्थित कार्यालय विराटनर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी र इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाबाट सुकिला नोट सटही गर्न सकिने छ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  १० : ०६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको