एचएलआई लार्ज क्याप फण्ड निष्काशन « Khabarhub

एचएलआई लार्ज क्याप फण्ड निष्काशन


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एचएलआई लार्ज क्याप फण्ड निष्काशन भएको छ । आइतबार बाट उक्त फण्ड निष्काशन भएको हो ।

उक्त फण्ड हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैङ्कर लिमिटेडले ल्याएको हो ।

४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाईमध्ये बीज पुँजीवापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई कोष प्रवर्द्धक हिमालयन लाइफ र २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

फण्डको मूल्य प्रतिएकाई १० रुपैयाँ तोकिएको छ । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन सकिने छ ।

फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने छ । सो समयमा आवेदन नपरेको खण्डमा भदौ २९ गतेसम्म आवेदन म्याद थप गरिने छ । फण्ड १० वर्ष अवधिको हो ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैङ्कर लिमिटेड छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ११ : ३० बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ