एचएलआई लार्ज क्याप फण्ड निष्काशन « Khabarhub

एचएलआई लार्ज क्याप फण्ड निष्काशन


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एचएलआई लार्ज क्याप फण्ड निष्काशन भएको छ । आइतबार बाट उक्त फण्ड निष्काशन भएको हो ।

उक्त फण्ड हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैङ्कर लिमिटेडले ल्याएको हो ।

४ अर्ब रुपैयाँ बराबरको ४० करोड इकाईमध्ये बीज पुँजीवापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई कोष प्रवर्द्धक हिमालयन लाइफ र २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

फण्डको मूल्य प्रतिएकाई १० रुपैयाँ तोकिएको छ । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन सकिने छ ।

फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने छ । सो समयमा आवेदन नपरेको खण्डमा भदौ २९ गतेसम्म आवेदन म्याद थप गरिने छ । फण्ड १० वर्ष अवधिको हो ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैङ्कर लिमिटेड छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ११ : ३० बजे

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन