अध्यक्ष रञ्जितताले बोलाएको बैठकमा रेशम पक्षधर नेता उपस्थित नहुने, जानकारी नभएको दाबी  « Khabarhub

अध्यक्ष रञ्जितताले बोलाएको बैठकमा रेशम पक्षधर नेता उपस्थित नहुने, जानकारी नभएको दाबी 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरीले आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

आइतबार खबरहबसँग कुरा गदै चौधरीले आफूहरूलाई कुनै जानकारी नै नभएको दाबी गरे । ‘मैले सामाजिक सञ्जालमा मात्र बैठक रहेछ भन्ने देखेको हो । अन्य साथीहरूलाई पनि जानकारी रहेन छ ।’ चौधरीले खबरहबलाई भने, ‘म सँग सम्पर्क भएका नेताहरू कसैले बैठकबारे जानकारी भएको सूचना पाएको छैन । नबोलाएपछि जाने कुरा भएन ।’ 

रञ्जितताले आज आइतबार र  भोलि सोमबारका लागि केन्द्रीय समितिको बैठक डाकेकी छन् । तर बैठकमा रेशम पक्षधर उपस्थित नहुने देखिएको छ । बैठक दिउँसो १ बजे काठमाडौंमा बस्ने बताइएको छ । 

रेशम पक्षले अध्यक्ष रञ्जितलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि दुई पक्षको विवाद बढेको छ । तर  निर्वाचन आयोगले भने रञ्जितलाई अध्यक्ष कायम गरेपछि अहिले रेशम पक्षका नेताहरू असन्तुष्ट छन् । नाउपा अध्यक्ष रञ्जिता र संरक्षक रेशम श्रीमान् श्रीमती हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १२ : ०४ बजे

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६