गुफामा चित्र कोर्दै पुस्तकालय छिरेको मान्छे | Khabarhub Khabarhub

सन्दर्भ : पुस्तकालय दिवस

गुफामा चित्र कोर्दै पुस्तकालय छिरेको मान्छे

पढ्न जानेको मानिसले लेख्न गरेको सङ्घर्ष


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज (भदौ १५ गते) नेपालमा १८औँ पुस्तकालय दिवस मनाइँदैछ । नेपालको आधुनिक कालका चौथा राजा गिर्वाणयुद्ध शाहले वि.सं. १८६९ भदौ १५ गते पुस्तकालय खोल्ने निर्णयमा लालमोहर लगाएका थिए । सोही घटनाको स्मृतिमा गणतान्त्रिक सरकारले २०६५ मा बर्षेनि भदौ १५ गते पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो ।

रीड नेपालले सन् २०२२ मा गरेको एक सर्वेक्षण अनुसार, सार्वजनिक र सामुदायिक गरी नेपालमा कुल ९२८ पुस्तकालय (लाइब्रेरी) थिए । तर, त्यतिखेर २२७ वटा मात्रै सञ्चालनमा थिए । खस्कँदो पठन संस्कृति र पुस्तक अध्ययनमा डिजिटल संशाधन उपयोग बढिरहेकाले पछिल्ला तीन वर्षमा पुस्तकालयको सङ्ख्या थप घटेको अनुमान छ ।

ईसापूर्व ६२६ तिर स्थापना गरिएको भनिएको निनेभ लाइब्रेरीलाई विश्वकै पहिलो व्यवस्थित लाइब्रेरी मानिन्छ । उक्त लाइब्रेरी हालको इराकको मोसुल शहर नजिकै थियो । यही लाइब्रेरीलाई ‘असुरवनिपाल’ लाइब्रेरी पनि भनिन्छ ।

तत्कालीन मेसोपोटामिया सभ्यताका मानिसहरूले क्ले माटोबाट बनाइएका ३० हजारवटा पाटीमा अक्षर र चित्र कुँदेर निनेभ लाइब्रेरीमा राखेका थिए ।

मेसोपोटामियामा २६ सय वर्षभन्दा अघि खोलिएको निनेभ लाइब्रेरी (पहिलो) र वि.सं. २०७२ को भूकम्पपछि अस्तव्यस्त नेपाल राष्ट्रिय पुस्तकालय ।

नेपालमा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि विजय हासिल गरेपछि गोरखा र नुवाकोट लगायतका दरबारबाट जम्मा पारी ल्याएका हस्तलिखित ग्रन्थ हनुमान ढोका दरबारको पूजा कोठामा जम्मा पारेर राखेका थिए । उनका चौथा उत्तराधिकारी गिर्वाणयुद्ध शाहले पुस्तकालयसम्बन्धी लालमोहर जारी गरेपछि तिनै ग्रन्थलाई व्यवस्थापन गरी नेपालको पहिलो पुस्तकालय खोलिएको थियो ।

मोसुलमा निनेभ लाइब्रेरी खुल्नुअगावै, आजभन्दा कम्तिमा ४५ हजार ५०० वर्षअघि नै हालको इन्डोनेसियास्थित सुलावेशीको एक गुफामा तत्कालीन समयका मानिसहरूले लाक्षणिक गुफा चित्र बनाएर छाडेका थिए, सो चित्र आजसम्म सुरक्षित छ । केही अनुसन्धाताहरूले विश्वका केही ठाउँमा सुलावेशीको भन्दा पनि पुराना त्यस्ता गुफाचित्र फेला परेको दाबी गर्ने गरेका छन् ।

त्यस्ता भित्तेलेखन (इम्ब्रोराइटिङ) कोरेर सिकार र भूगोलबारेको जानकारी दिन खोजेका मानिसले हजारौँ वर्षको सभ्यता विकासपछि आज विशाल पुस्तकालय बनाइरहेको छ । अझ अघि बढेर अत्याधुनिक प्रविधि विकास गरेको मानिसले ई–प्याड, मोबाइल र कम्प्युटरको स्क्रीनलाई नै पढ्ने ठाउँ बनाइसकेको छ ।

यसरी भ्रूणलेखनदेखि आधुनिक पुस्तकालयसम्म मानिस कसरी आइपुग्यो त ? पठन संस्कृतिको वर्तमान र आगतबारे प्रश्न उठिरहँदा लेखनकला विकासलाई नै पुस्तकालयको आधार मानिन्छ ।

मानिसले कसरी चित्र बनाउन, लेख्न र पढ्न जान्यो भन्नेबारे पूरालेखन (प्यालियोग्राफी) विधामा अध्ययन हुन्छ । प्यालियोग्राफी पुराना लेखहरूको अध्ययन गर्ने शास्त्र हो ।

लेखनकलाको उत्पति, विकास, कुन कुन चरणमा विकास भयो ? पहिलो लिपि कहाँ विकास भयो ? लेखनकला अहिलेको अवस्थामा कसरी आइपुग्यो ? के के माध्यममा लेखनकता लेखियो ? कागज, कापी, रुखका बोक्रा, पात, ढुङ्गा, धातुका पाता इत्यादिमा लेख्ने चलन कहिलेदेखि सुरु भयो ? संसारमा लिपिहरूको विकास कसरी भयो ? यी सबै कुरा पूरालेखन अध्ययनबाट थाहा हुन्छ ।

आज हामीले पुस्तकालयमा पढ्ने गरेका पाठ्यसामग्रीहरू कसै न कसैले लेखेकै हुन् । यस्तो लेखनकलाको विकास विश्वमा पाँच चरणमा विकास भएको मानिन्छ । ती हुन् :

(१) भ्रूणलिपि (इम्ब्रोराइटिङ) : मानिसहरूले लेखेको सुरुको लेखनलाई इम्ब्रोराइटिङ अर्थात् माथि नै उल्लेख गरिएको ‘भ्रूणलिपि’ भनिन्छ । हजारौँ वर्षपहिले नै मानिसले जङ्गल या गुफाका भित्ताहरूमा विभिन्न चिह्नहरू कारेर छाडेका थिए ।

इन्डोनेसियास्थित सुलावेशी गुफाको भित्तामा ४५ हजार वर्षअघि गरिएको इम्ब्रोराइटिङ । (तस्बिर : म्याक्सिम औब्रेट)

गुफा र ओडारका त्यस्ता भित्ताहरूमा कतै हरिणको झुन्डका पछिपछि कुदिरहेका, कतै हात्ती र पानको पातको आकार कोरिएका चित्रहरू भेटिएका छन् । ती चित्रले केही बोल्न र भन्न खोजेका छन् । ती चित्रहरू त्यसै कोरिएका होइनन् ।

यही चित्रहरू नै लेखन या लिपिकला विकासको सुरुवात हो । यस्ता चित्र र सङ्केतमार्फत ठ्याक्कै के भन्न खोजिएको हो भनी एकिन गर्न सकिँदैन । त्यसैले यसलाई ‘गर्भमा रहेको लिपि’ भनिएको हो ।

२. पिप्टोग्राफिक राइटिङ (चित्रलिपि) : चित्र बनाएर अभिव्यक्त गरिएको लिपिलाई नै चित्रलिपि भनिन्छ । चिनियाँ अक्षर चित्रलिपि (इप्टोग्राफी) नै हो, किनकि ती अक्षरहरूमा केही न केही बस्तुुको आकृति भेटिन्छ ।

चिनियाँ अक्षर विकासक्रमको एक उदाहरण ।

तर, पिप्टोग्राफीबाट मात्रै मानिसका सबै विचारहरू व्यक्त हुन सकेनन् । समानान्तरमा मानिसहरूले नयाँ शैली विकास गरे ।

३. सिम्बोलिक राइटिङ (सांकेतिक लिपि) : एउटा गोलो बनाउँदा सूर्य, तातो, दिन या रातको अभिव्यक्त गर्न सकिनेगरी मानिसले साङ्केतिक लिपि विकास गरेका हुन् ।

फ्रान्सको लाकाउक्स गुफामा भेटिएको चित्रमा जनावरको शरीरमा घाउ लागेको देखाउन बनाइएको सङ्केत । (तस्बिर स्रोत : विकिमिडिया कमन्स ।)

४. फोनेटिक राइटिङ (ध्वन्यात्मक लिपि) : पछि मानिसहरूले हरेक वस्तुका लागि एउटा नाम राखे । जस्तो कि तपाईँले यो सामग्री कम्प्युटर, ल्यापटप, ट्याब, प्याड या मोबाइलबाट हेरिरहनुभएको छ ।

उल्लेखित नाम तपाईँले प्रयोग गरिरहनुभएको मध्यकै हो । त्यस्तो बस्तुको नाममा मानिसले ध्वनिको प्रयोग गरे । एउटा बस्तुका लागि त्यस्तो ध्वनि एउटै भयो । कतिपय पशुहरूले अहिले ध्वन्यात्मक लिपि प्रयोग गर्ने गर्छन् ।

५. अल्फाबेट : तिनै ध्वनिहरूका लागि पछि एउटा एउटा चिह्न सिर्जना गरियो । ध्वनिहरूका लागि सिर्जना गरिएको चिह्न नै अल्फाबेट हो । अल्फाबेटिक राइटिङ भनेकै उच्चारण गरिएका ध्वनिहरू चिनाउने चिह्न हुन् ।

वर्ण

संसारमै पहिलोपटक मिश्रमा वर्णको विकास भयो । त्यतिखेर २४ वटा वर्णको विकास भयो । त्यही लिपि पछि संसारका विभिन्न स्थानमा फैलियो । लेखनकलाको विकास यसरी विभिन्न चरणमा भयो ।

मेसोपोटामियामा पहिलोपटक विकास भएकोे लिपि पिलाक्षर हो । नेपाल र भारतको सबैभन्दा पुरानो लिपि ब्राह्मी लिपि हो । सिन्धुघाँटीको सभ्यताबाट पनि लिपिहरू प्राप्त भएका छन्, तर त्यसलाई अझैसम्म पढ्न सकिएको छैन । ब्राह्मी लिपिबाट नै अहिले नेपाल र भारतका सबै लिपि जन्मिएका हुुन् ।

लुम्बिनीको शिलालेखमा पनि ब्राह्मी लिपि छ । अशोककालीन अभिलेखमा ब्राह्मी लिपि छ । भाषा चाहिँ पाली हो । लुम्बिनीको शिलालेख नै नेपालमा बुद्ध जन्मिएको भन्ने अकाट्य प्रमाण हो ।

अशोकस्तम्भको शिलालेखले के पनि पुष्टि गर्छ भने लुम्बिनी नेपालकै सबैभन्दा पुरानो गाउँ थियो । पछिल्लो अध्ययन अनुसार लुम्बिनी एसियाकै सबैभन्दा पुुरानो गाउँ हो भन्ने निष्कर्ष पनि सार्वजनिक भएको छ ।

लुम्बिनीको अशोकस्तम्भमा ब्राह्मी लिपिमा लेखिएको शिलालेख, यही शिलालेख बुद्ध नेपालको हालको सरहदमा जन्मिएको पहिलो अकाट्य प्रमाण बन्यो ।

लुम्बिनीको अशोक स्तम्भमा प्रयोग भएकोे ब्राह्मी लिपि हो । ब्राह्मी लिपिबाट नै नेपालमा अरू लिपिहरूको विकास भयो । लिच्छिवी, उत्तरलिच्छिवी, नेवारी, रञ्जना, देवनागरिक र तिब्बती पनि ब्राह्मी लिपिकै विकासक्रमको उपज हो ।

लिच्छिवीकालका अभिलेखहरूमा चाँगुनारायणको अभिलेख गुप्त लिपि हो । यस्तो लिपि सर्वप्रथम भारतमा गुप्त राजाहरूले प्रयोग गर्ने गरेका थिए ।

यसरी प्यालियोग्राफीले लिपिको उत्पति र विकास कहाँबाट कसरी हुँदै गए भन्ने अध्ययन गर्छ । कागज, ताडपत्र, भोजपत्रमा लेखिएका अक्षरहरूको पनि यसले अध्ययन गर्छ ।

नेपालमा पुराना ग्रन्थहरू धेरैजसो ताडपत्रमा लेखिएका छन् । ताडीको रुखको पातलाई उमालेर विभिन्न तरिकाले त्यसलाई प्रशोेधन गरी त्यसमा लेख्ने चलन थियो । हजारौंको संख्यामा लेखिएका त्यस्ता अभिलेखहरू अहिले राष्ट्रिय अभिलेखालयमा छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको पुस्तकालयमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दम्पती ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १ : ५९ बजे

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर– सूर्यविनायक नगरपालिका-६ बस्ने नारायण कृष्ण तोयानाको घरमा विद्युत् सर्ट भई आइतबार

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा

पोखरीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु

सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई

जेन–जी आन्दोलन नाममा विध्वंश मच्चाउनेलाई छाडिन्न

काठमाडौं- सुशासनको माग गर्दै शुरु भएको शान्तिपूर्ण जेन–जी आन्दोलन एकाएक