सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे « Khabarhub

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ) कैद सजाय भुक्तान गरेर बुधबार छुटेका छन् ।

ज्यान मार्ने उद्योग दोषी ठहर भई २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका मनाङे सजाय भुक्तान गरेर बुधबार रिहा भएका हुन् ।

उनी उक्त मुद्दामा दोषी भएसँगै गण्डकी प्रदेशको सांसद पदबाट पनि निलम्बित भएकाा थिए । कात्तिक २०८१ मा जेल गएका उनको २३ फागुनमा २० प्रतिशत सजाय छुट दिनेगरी काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

मनाङेले २०१८ फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुटका लागि निवेदन दिएका थिए । त्यही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिएको थियो ।

मुलुकी ऐन दण्ड सजायको ४१ (क) मा अन्तिम फैसलाको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ । त्यही व्यवस्थाअनुरुप मनाङेले २० प्रतिशत सजाय छुट पाएका थिए । त्यही छुटअनुसार उनी बुधबार छुटेका हुन् ।

जिल्ला अदालतको आदेशसँगै मनाङेको कैद सजायअवधि पनि १ वर्ष घटेको थियो । गत कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे कात्तिक २७ गते सानोभर्‍याङबाट पक्राउ परेर अहिले डिल्ली बजार जेलमा थिए।

गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य मनाङे प्रदेश सभाको दुई कार्यकालमा ५ वर्ष मन्त्री भएका थिए ।

२०६१ सालमा मनाङे समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

उक्त फैसलापछि मनाङे २०७५ साल पुसमा थुनामा गएपछि पुनरावेदन सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०७५ साल पुस ६ गते धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले गण्डकी प्रदेशमा पटकपटक मन्त्री भए । मनाङेले यसअघि नै २ वर्ष ८ महिना जेल सजाय काटिसकेका छन् । उनले पछिल्लो पटक २ वर्ष ४ महिना जेल सजाय काट्नुपर्ने थियो । उनले छुटअनुसार एक वर्ष जेल बसेर छुटेका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ४ : १४ बजे

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज

विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि

विश्वकपको माहौलमा गोकुल बास्कोटाको कटाक्ष : इटाली त एमाले भइगो

काठमाडौं– विश्वकप फुटबलको रौनक नजिकिँदै जाँदा राजनीतिक नेताहरू पनि आफूले

बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’

काठमाडौं– प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो