कैलालीको गेटमा डा. केसीले सुरु गरे २३ औँ सत्याग्रह  « Khabarhub

कैलालीको गेटमा डा. केसीले सुरु गरे २३ औँ सत्याग्रह 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा मेडिकल कलेज धनगढीबाट सत्याग्रह सुरु गरेका छन् । 

शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आइतबार कैलालीको गेटामा तीन दिने सत्याग्रह घोषणा गरेका हुन् । 

प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट बढाउने गैर जिम्मेवार निर्णय गरेको आरोप डा.केसीले जारी गरेको विज्ञप्तिमा लगाइएको छ । उनले यो कदम चिकित्सा शिक्षा ऐनको मर्म विपरीत भएको भन्दै आलोचना गरेका छन् ।

उनले भनेका छन्,विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेताहरू र माफियाको झोला मात्र भरिन्छ, तर शिक्षाको गुणस्तरमा ह्रास आउँछ, जसको प्रत्यक्ष असर आम नेपालीको स्वास्थ्य सेवामा पर्छ । 

डा. केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल तत्काल खोल्नुपर्ने, कैलालीको गेटामा शैक्षिक कार्यक्रम र अस्पताल सेवा संचालन गर्नुपर्ने र अघिल्ला सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । 

उनले लिपुलेकमा भइरहेको सीमा मिचाइको विरोध गर्दै अतिक्रमित भूमि फिर्ता गर्न भारतलाई आग्रह गरेका छन्। साथै, युक्रेनमाथि रुसको आक्रमण र गाजामाथि इजरायलको आक्रमणविरुद्ध पनि आवाज उठाउँदै युद्ध रोक्नुपर्ने माग गरेका छन् ।

सत्याग्रहको घोषणा गर्दै डा.केसीले भनेका छन्, गलत रूपमा गरिएको निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्छ र पूर्व सम्झौताहरू तत्काल कार्यान्वयन हुनुपर्छ। अन्यथा स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा गम्भीर संकट आउनेछ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  २ : १४ बजे

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६