रसुवागढीमा निर्माणाधीन सीमा पोस्टमै सुख्खा पहिरो, बेलिब्रिज हाल्ने काम पनि रोकियो « Khabarhub

विपत्ति

रसुवागढीमा निर्माणाधीन सीमा पोस्टमै सुख्खा पहिरो, बेलिब्रिज हाल्ने काम पनि रोकियो

केरुङ नाका दशैँअघि खुल्ने सम्भावना लगभग शून्य


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ – रसुवागढीस्थित नेपाल–चीन नाकादेखि २०० मिटर अगाडि आइतबार बिहान ठूलो आवाजसहित सुख्खा पहिरो खसेको छ ।

करिब आठ बजे खसेको पहिरोमा परी पर्साका करिब १९ वर्षीय विनय दास थारू घाइते भएका छन् । निमार्णाधीन एकीकृत सीमा जाँच पोष्टमा समेत क्षति पुगेको छ ।

नाकानजिकैको घट्टेखोलास्थित ग्यारेजमा काम गर्दै आएका थारू माथिबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा घाइते भएका हुन् ।

घाइते थारुलाई टिमुरेस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण धितालले बताएका छन् ।

‘नाकादेखि करिब २०० मिटरअगाडि चट्टानसहित खसेको पहिरो करिब ४/५ सय मिटर क्षेत्रमा फैलिएको छ, कति माथिबाट खसेको भन्ने ठम्याउन सकिँदैन । सीमा जाँच पोष्टको ढलानमा क्षति भएको छ। यस्तै हेल्थ पोष्ट भवनको छत पनि क्षतिग्रस्त भएको छ’, धितालले खबरहबसँग भने ।

पहिरोले सीमा जाँच पोष्टमा रहेको ट्याक्टर, स्कार्पियो र स्काभेटरमा समेत क्षति पुर्‍याएको छ भने पोष्टको ढलान लगायतका संरचनामा समेत क्षति पुगेको छ ।

अविरल वर्षापछि झरेको पहिरोका कारण साउन १४ गतेदेखि स्याफ्रुबेसी–रसुवा सडकखण्डको करिब १७ किलोमिटर सडकखण्डमा सवारी आवतजावत ठप्प थियो ।

आज फेरि पहिरो खसेपछि पैदल यात्रुहरूलाई समेत रसुवा जलविद्युत आयोजनाको ड्याममा रोकिएको धितालले बताएका छन् ।

‘माथिबाट माटो खसिरहेको छ, जोखिम कायमै रहेकाले पैदल यात्रुलाई पनि आवतजावत गर्न दिइएको छैन’, धितालले भने ।

‘रसुवा नाका हाइट’ भनिने उक्त क्षेत्रमा पहिरो खसिरहने हुँदा ग्याबिनेट जाली राखिए पनि नरोकिएको रसुवा भन्सार कार्यालय प्रमुख तुल्सीराम भट्टराईले बताए ।

‘आज पहिरो खसेको क्षेत्रमा हिउँदमा समेत पहिरो खसिरहने हुँदा सडकबाट दुई सय मिटर माथिसम्म ग्याबिनेट जाली भरिएको थियो, तर पहिरो खसिरहेको छ, नाका खुलाउने प्रयासमा थप कठिनाई भएको छ’, उनले भने ।

नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा अस्थायी पुल निर्माण गर्ने काम पनि रोकिएको भट्टराईले जानकारी दिए ।

उनले भने, ‘खोलामा बाढी आइरहेको छ, चिनियाँ पक्षले हालेको ह्यूम पाइप दिनहुँ बगाइरहेको छ । त्यहीकारण बेलिब्रिज हाल्ने काम पनि रोकिएको छ।’

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  २ : २५ बजे

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि