ऊर्जामन्त्री खड्काले गरे अवकाशप्राप्त सचिव आचार्यको बिदाइ | Khabarhub Khabarhub

ऊर्जामन्त्री खड्काले गरे अवकाशप्राप्त सचिव आचार्यको बिदाइ


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब साढे तीन दशक लामो सरकारी सेवा जीवन पूरा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य बिदा भएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले आचार्यलाई दोसल्ला र कदर पत्रसहित सम्मानपूर्वक बिदाइ गरे । कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीदेखि विभिन्न तह–तप्काका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

बिदाइ कार्यक्रममा मन्त्री खड्काले सचिव आचार्यलाई ‘प्रष्ट विचार राख्ने, काममा कठोर तर इमानदार, जिम्मेवार र सहकार्यको भावना बोकेको कुशल प्रशासक’, भन्दै प्रशंसा गरे । 

मन्त्री खड्काले भने, ‘हस्पिटलको बेडमै रहँदा पनि जिम्मेवारीबारे सोच्ने उहाँ जस्ता समर्पित व्यक्ति राज्यको सम्पत्ति हुन्। साहित्य, लेखन र मनोरञ्जनप्रति रुचि राख्ने सचिव आचार्यलाई अवकाशपछि पनि राज्यले विभिन्न क्षेत्रमा उपयोग गर्न सक्नेछ।’

२०८१ असोज ६ देखि ऊर्जा मन्त्रालयमा सचिवको रूपमा कार्य गरेका आचार्यको योगदान स्मरण गर्दै मन्त्री खड्काले स्वस्थ र सुखमय अवकाश जीवनको शुभकामना व्यक्त गरे ।

सो क्रममा सचिव सुरेश आचार्यले पनि भावुक मन्तव्य दिएका थिए। सेवाकालमा कसैप्रति कठोर व्यवहार भएको भए त्यसलाई पदको कठोरताका रूपमा बुझिदिन आग्रह गर्दै उनले भने, ‘मुलुकको ऊर्जा विकासको यात्रामा मन्त्रीज्यूको नेतृत्वमा सबैको साथ पाएँ। २८ हजार ५ सय मेगावाट उत्पादनको दीर्घकालीन लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र तयार पर्ने देखि जलविद्युत, प्रसारण लाइनदेखि भूमिगत आयोजनाको अनुगमनमा जुट्दा अपार अनुभव पाएँ।’

आचार्यले बक्यौता रकम उठाउने, संरचनागत सुदृढीकरण गर्ने लगायतका चुनौतीपूर्ण काममा देखाएको प्रतिबद्धता स्मरण गर्दै भने, ‘राज्यले आवश्यकता ठाने भविष्यमा पनि म आफूलाई समर्पित गर्न सधैँ तयार हुनेछु।’

कार्यक्रममा सहसचिव सरिता दवाडीले सचिव आचार्यको लगनशीलता, कार्यशैली र प्रेरणादायी नेतृत्वको प्रशंसा गर्दै स्वस्थ जीवनको शुभकामना दिइन् ।

बिदाइ कार्यक्रममा ऊर्जा राज्यमन्त्री खामबहादुर गर्बुजा, मन्त्रालयका सचिवहरू, सहसचिवसहित विभिन्न तह–तप्काका कर्मचारीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : २८ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ