कोठामै मृत भेटिइन् सशस्त्र प्रहरीकी कुस्ती खेलाडी भावना चन्द « Khabarhub

कोठामै मृत भेटिइन् सशस्त्र प्रहरीकी कुस्ती खेलाडी भावना चन्द


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बलकी एकजना जवान आफ्नो कोठामै मृत भेटिएकी छन् ।

आइतबार बिहान पौने १० बजेको समयमा काठमाडौँको सीतापाइलास्थित कुमारी टोलको कोठामा सशस्त्र प्रहरी जवान २४ वर्षीया भावना चन्द मृत भेटिएकी हुन ।

सशस्त्र प्रहरी बलको खेलकुद शिक्षालय प्रधान कार्यालयमा कार्यरत उनी कोठामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । उनी सशस्त्र प्रहरीकी कुस्ती खेलाडी रहेको खुलेको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका-३ निवासी उनी सीतापाइलास्थित डेरामै मृत भेटिएपछि प्रहरी टोली पुगेको थियो ।

प्रहरीका अनुसार उनले आत्महत्या गर्नुको कारणबारे अहिलेसम्म केही खुलेको छैन । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनाको पुष्टि गर्दै प्रहरीले थप अनुसन्धान गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनको शव आइतबार नै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ४ : ४९ बजे

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्