कोठामै मृत भेटिइन् सशस्त्र प्रहरीकी कुस्ती खेलाडी भावना चन्द « Khabarhub

कोठामै मृत भेटिइन् सशस्त्र प्रहरीकी कुस्ती खेलाडी भावना चन्द


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बलकी एकजना जवान आफ्नो कोठामै मृत भेटिएकी छन् ।

आइतबार बिहान पौने १० बजेको समयमा काठमाडौँको सीतापाइलास्थित कुमारी टोलको कोठामा सशस्त्र प्रहरी जवान २४ वर्षीया भावना चन्द मृत भेटिएकी हुन ।

सशस्त्र प्रहरी बलको खेलकुद शिक्षालय प्रधान कार्यालयमा कार्यरत उनी कोठामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । उनी सशस्त्र प्रहरीकी कुस्ती खेलाडी रहेको खुलेको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका-३ निवासी उनी सीतापाइलास्थित डेरामै मृत भेटिएपछि प्रहरी टोली पुगेको थियो ।

प्रहरीका अनुसार उनले आत्महत्या गर्नुको कारणबारे अहिलेसम्म केही खुलेको छैन । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनाको पुष्टि गर्दै प्रहरीले थप अनुसन्धान गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनको शव आइतबार नै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ४ : ४९ बजे

चुनावी मैदानमा अर्थविद्, को–को देखिएलान् आगामी संसद्‍मा ?

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा अर्थराजनीतिक

हराएको ५५ वर्षपछि घरपरिवारसँग पुनर्मिलन

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि

रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा

पुराना दललाई रविको चेतावनी : फागुन २१ मा आउने सुनामीको सामना गर्न तयार हुनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन