प्रवीण स्टारर फिल्म ‘शिवांश’ कात्तिक २७ बाट प्रदर्शन हुने « Khabarhub

प्रवीण स्टारर फिल्म ‘शिवांश’ कात्तिक २७ बाट प्रदर्शन हुने


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश : च्याप्टर १’ कात्तिक २७ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शनिबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

पोस्टरमा एक विशाल पहाडको फेदमा शिव र उनको वाहन प्रस्तुत गरिएको छ । जटाधारी शिवलाई पहाडतर्फ फर्काइएकाले अनुहार देखिएको छैन । साँढको निधारमा त्रिशुल अंकित छाप देख्न सकिन्छ ।

पोस्टरले फिल्म हिन्दू धर्मसँग सम्बन्धित रहेको संकेत गर्छ । तथापि निर्माण पक्षले फिल्मको कथाबारे केही जानकारी दिएको छैन ।

यो फिल्मको छायाङ्कन पोखरा आसपासको क्षेत्रमा भएको निर्माण पक्षले जनाएको छ । अहिले यसको प्रोस्ट प्रोडक्सनको काम भइरहेको बुझिएको छ ।

सन्तोषकुमार आत्रेयको डेब्यू निर्देशनमा यो फिल्म बनेको हो । फिल्ममा प्रवीणसहित तेज गिरी र रषा न्यौपाने शीर्ष भूमिकामा रहेको बताइएको छ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस फिल्मको निर्माता अञ्जान केसी हुन् । उनी आफैँले यसको कथा लेखेका हुन् भने पटकथा बारत लिम्बूको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : ५६ बजे

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु