प्रवीण स्टारर फिल्म ‘शिवांश’ कात्तिक २७ बाट प्रदर्शन हुने « Khabarhub

प्रवीण स्टारर फिल्म ‘शिवांश’ कात्तिक २७ बाट प्रदर्शन हुने


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश : च्याप्टर १’ कात्तिक २७ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शनिबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

पोस्टरमा एक विशाल पहाडको फेदमा शिव र उनको वाहन प्रस्तुत गरिएको छ । जटाधारी शिवलाई पहाडतर्फ फर्काइएकाले अनुहार देखिएको छैन । साँढको निधारमा त्रिशुल अंकित छाप देख्न सकिन्छ ।

पोस्टरले फिल्म हिन्दू धर्मसँग सम्बन्धित रहेको संकेत गर्छ । तथापि निर्माण पक्षले फिल्मको कथाबारे केही जानकारी दिएको छैन ।

यो फिल्मको छायाङ्कन पोखरा आसपासको क्षेत्रमा भएको निर्माण पक्षले जनाएको छ । अहिले यसको प्रोस्ट प्रोडक्सनको काम भइरहेको बुझिएको छ ।

सन्तोषकुमार आत्रेयको डेब्यू निर्देशनमा यो फिल्म बनेको हो । फिल्ममा प्रवीणसहित तेज गिरी र रषा न्यौपाने शीर्ष भूमिकामा रहेको बताइएको छ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस फिल्मको निर्माता अञ्जान केसी हुन् । उनी आफैँले यसको कथा लेखेका हुन् भने पटकथा बारत लिम्बूको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : ५६ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य