९ वर्षपछि डेनमार्क पुगेको ‘नेपथ्य’लाई दर्शकको साथ « Khabarhub

९ वर्षपछि डेनमार्क पुगेको ‘नेपथ्य’लाई दर्शकको साथ


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ९ वर्षपछि ‘नेपथ्य’ ब्यान्डले डेनमार्कमा लाइभ सांगीतिक प्रस्तुती दिएको छ । नेको इभेन्ट्सले राजधानी कोपनहेगनमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपथ्यले प्रस्तुती दिएको हो ।

आयोजकका अनुसार उच्च संख्यामा दर्शकको साथबीच नेपथ्यले प्रस्तुती दिएको थियो । कन्सर्टमा फिनल्याण्ड, जर्मनी, नर्वे, अष्ट्रिया, पोल्याण्ड, स्विडेन र बेल्जियमलगायतका देशबाट दर्शकहरु उक्त कन्सर्टमा सहभागी हुन आएको आयोजकको भनाइ छ ।

गायक अमृत गुरुङले ‘कोशीको पानी’ बोलको गीत गाउँदै कन्सर्टको सुरुवात गरेका थिए । अन्तिममा ‘रातो र चन्द्र सूर्य’बोलको गीत गाएर ब्यान्डले आफ्नो प्रस्तुती टुङ्गाएको थियो ।

कन्सर्टमा ब्यान्डको तर्फबाट ड्रममा ध्रुर्व लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी थिए ।

ब्यान्डले प्रस्तुती दिँदा दर्शकदीर्घबाट नेपालको झण्डा फहरिँदा कन्सर्टलाई थप रोमाञ्चक बनाएको थियो । यस दृश्यले पनि कार्यक्रमको गरिमा बढाएको आयोजकको भनाइ छ ।

दर्शकको उल्लेखनीय उपस्थितिले लामो समयदेखि नेपथ्यलाई डेनमार्कमा गुञ्जाउने प्रयास सफल भएको नेको एभेन्ट्सका पवन पाण्डेले बताए ।

उनले भने, ‘लामो प्रयासले यो कार्यक्रम सम्पन्न भयो । हाम्रो सपना पूरा भयो । दर्शकको उपस्थितिले झन् हामीलाई अन्य कार्यक्रमका लागि उत्साहित बनाएको छ ।’

डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधार पनि उक्त कार्यक्रममा उपस्थित थिइन् । उनले यो कार्यक्रमलाई उत्सवको रुपमा व्याख्या गरिन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ५ : ४९ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६