नेपाली लघु फिल्म ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने « Khabarhub

नेपाली लघु फिल्म ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै चर्चित मध्येको एक दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय फेस्टिभलको ३० औँ संस्करणमा नेपाली लघु फिल्म ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने भएको छ ।

बुसानले जारी गरेको सूचना अनुसार यस फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ (सेप्टेम्बर २१ र २२) मा हुनेछ । बुसानमा सहभागी ३ हजार ५९ लघु फिल्म मध्ये उत्कृष्टमा ‘रिहान’ परेको यसको निर्माण टोलीले बताएको छ ।

यस संस्करणको बुसान फिल्म फेस्टिभल सेप्टेम्बर १६ देखि २७ सम्म हुनेछ ।

‘रिहाना’ बुसानमा प्रिमियर हुने विषयलाई आफ्नो एक उद्देश्य पूरा भएको निर्माता केदार भुसाल भनाइ छ । उनी भन्छन्, ‘म नेपालका कथालाई विश्वभर पु¥याउने लक्ष्यका साथ काम गरिरहेको छु । बुसानमा यो लघु फिल्म छनोट भएकाले मलाई थप उत्साह मिलेको छ ।’

‘रिहाना’ लेखक र निर्देशक सुरज पौडेल हुन् । यसमा पृथु भट्ट र सृजना अधिकारी मुख्य भूमिकामा रहेका छन् । ‘अ दुम्सी पिक्चर्स पोडक्सन’को ब्यानरमा बनेको यस लघु फिल्मका निर्माताहरु उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसाल हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ६ : ३५ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य