कांग्रेसको ध्यान जनताको चुलो र जनस्वास्थ्यमा हुनुपर्छ : नेता बराल « Khabarhub

कांग्रेसको ध्यान जनताको चुलो र जनस्वास्थ्यमा हुनुपर्छ : नेता बराल


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तासाझेदार दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख गुरु बरालले आम नेपालीको ‘चुलो महँगिएको’ बताएका छन्।

आइतबार पर्साको वीरगञ्जमा विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले उपभोक्ताले स्वस्थ्य वस्तु प्राप्त गर्न नसकेको र अनियन्त्रित मूल्यवृद्धिको मार खेपिरहेको उल्लेख गरे।

कांग्रेसले देशमा ठूला परिवर्तन गरेको स्मरण गराउँदै उनले अब पार्टीको ध्यान जनताको चुलोचौको र जनस्वास्थ्यमा केन्द्रित हुनुपर्ने धारणा राखे।

‘कांग्रेसले देशमा ठूला परिवर्तन गर्‍यो, अब कांग्रेसको ध्यान जनताको चुलोचौको, उनीहरूको दिनचर्या र जनस्वास्थ्यमा हुनुपर्छ भन्ने सन्देश स्थापित गर्नुपर्छ,’ बरालले भने।

व्यवसायीहरू पनि आफ्नै पीडामा गुज्रिरहेको भन्दै बरालले यसतर्फ कांग्रेस सहभागी सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। साथै उनले भारतसँग सीमा जोडिएका नेपाली बजारहरूमा ‘बजार सन्तुलन’को अभाव रहेको बताए।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ८ : ०३ बजे

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति

जापान– राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज यहाँ

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक ठगी

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन माग

काठमाडौं– हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय

काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट

‘धुरन्धर-२’ टिजरमा रणवीर सिंहको एक्सन र थ्रिलको झलक

काठमाडौँ– बलिउड सुपरहिट फिल्म ‘धुरन्धर’ को बहुप्रतीक्षित सिक्वेल ‘धुरन्धर–२ : द