‘धुरन्धर-२’ टिजरमा रणवीर सिंहको एक्सन र थ्रिलको झलक « Khabarhub

‘धुरन्धर-२’ टिजरमा रणवीर सिंहको एक्सन र थ्रिलको झलक


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड सुपरहिट फिल्म ‘धुरन्धर’ को बहुप्रतीक्षित सिक्वेल ‘धुरन्धर–२ : द रिभेन्ज’ औपचारिक रूपमा सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार अफिसियल टिजर रिलिज गर्दै फिल्मको नाम र प्रदर्शन मिति घोषणा गरेको हो।

बिहान सार्वजनिक गरिएको पोस्टरपछि सार्वजनिक टिजरमा अभिनेता रणवीर सिंह अघिल्लो भागकै जस्तै आक्रामक र रहस्यमय एक्सन अवतारमा देखिएका छन्। टिजरले फिल्ममा उच्च स्तरको एक्सन, थ्रिल र गुप्तचर कथाको निरन्तरता रहने संकेत दिएको छ। निर्देशक आदित्य धरको निर्देशनमा तयार भएको ‘धुरन्धर–२’ आगामी १९ मार्चमा विश्वव्यापी रूपमा प्रदर्शन हुने बताइएको छ।

गत वर्ष डिसेम्बर ५ मा रिलिज भएको ‘धुरन्धर’ ले बक्सअफिसमा ऐतिहासिक सफलता हासिल गरेको थियो। भारतभर १,००० करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गर्दै धेरै कमाउने हिन्दी फिल्मको सूचीमा स्थान बनाएको यो फिल्मले नेपालमा पनि १० करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो।

सिक्वेलमा रणवीर सिंह पुनः एक गुप्तचर एजेन्टको भूमिकामा देखिनेछन्। फिल्ममा संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर। माधवन, सारा अली खान लगायत चर्चित कलाकारहरूको पनि अभिनय रहनेछ। निर्माण टिमका अनुसार फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन हुनेछ।

टिजर सार्वजनिक भएसँगै दर्शक र फ्यानहरू ‘धुरन्धर–२’ को नयाँ अध्याय, एक्सन र रहस्यका लागि उत्साहित देखिएका छन्।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ५ : ०७ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका