देशको इतिहासलाई सम्झाइराख्नु पर्छः नेता सिटौला « Khabarhub

देशको इतिहासलाई सम्झाइराख्नु पर्छः नेता सिटौला


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालले पनि आफ्नो देशको प्रजातान्त्रिक आन्दोलनको गतिविधिलाई सम्झाइराख्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज यहाँ ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा नेता सिटौलाले हरेक देशको आफ्नो इतिहासलाई सम्झाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

“विगतमा चीन र जापानबीच धेरै पटक भयानक खालका युद्ध भएका थिए । ती युद्धको बारेमा अहिले चीनले विश्वका धेरै देशका प्रधानमन्त्रीलाई आफ्नो मुलुकमा बोलाएर जानकारी गराउँदै छ,” उनले भने, “हरेक देशको आफ्नो इतिहास गर्विलो हुने भएकाले नेपालले पनि आफ्नो प्रजातान्त्रिक आन्दोलनको इतिहासलाई बारम्बार बताउँदै जान आवश्यक भइसकेको छ ।”

कतिपयले ‘इतिहास भजाएर खान पाइन्छ ? भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै नेता सिटौलाले इतिहास बिर्सेर अघि बढ्न नसकिने बताए। “घरको जग बिर्सेर थप तला थप्न सकिन्छ त ?”, उनले भने, “त्यसैले नेपाली कांग्रेसले गरेको कामको विषयमा अबका नयाँ पुस्तालाई बुझाउनुपर्ने हुन्छ ।”

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : ३२ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी