निजी क्षेत्रको सुरक्षाका लागि गृहमन्त्रीको निर्देशन « Khabarhub

निजी क्षेत्रको सुरक्षाका लागि गृहमन्त्रीको निर्देशन


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि निजी क्षेत्रमा सुरक्षा चिन्ता बढेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिएका छन्। बिहीबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई परिपत्र गर्दै गृहमन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन्।

प्रदर्शनकाकारण भएको नोक्सानी र निजी क्षेत्रको अवस्थाको विषयमा आवश्यक छलफल र सुरक्षाको तयारी गर्न सिडिओलाई गृहमन्त्रीले निर्देशन दिएका हुन्।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामार्फत गृहमन्त्री अर्यालले यस्तो पत्र पठाएका हुन्।

पत्रमा जिल्लास्तरीय उद्योग वाणिज्य संघलगायतका व्यावसायिक संगठनलाई सहभागी गराई जिल्ला सुरक्षा समितिको संयोजनमा बैठक गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ६ : २४ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख