काठमाडौं महानगरले भन्यो : सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्नू « Khabarhub

काठमाडौं महानगरले भन्यो : सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्नू


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूचना सार्वजनिक गर्दै सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ। असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको सूचनामा उल्लेख छ।

अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने जानकारीसमेत सूचनामा गरिएको छ।

सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

शुक्रबार सूचना सार्वजनिक गर्दै महानगरले यस्तो अनुरोध गरेको हो। यसअघि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको यो अभियान विभिन्न विवादका कारण रोकिएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ७ : ४९ बजे

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज बिहान

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि