कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा « Khabarhub

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै जाँदा अहिले कोशी, मधेश , बागमती, गण्डकी प्रदेशका धेरै स्थानमा निरन्तर वर्षा भइराखेको छ।

जल तथा मौसम विभाग मौसम पूर्वानुमान माहाशाखाका अनुसार चार प्रदेशमाभारी वर्षा हुँदा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यसको प्रभाव पूर्वबाट क्रमश पश्चिमतर्फ देखिन थालेको छ।

महाशाखाका अनुसार योक्रम शुक्रबार दिउँसोसम्म रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली भएर वर्षा हुँदा तराई भू–भागमा साधारणतया बदली हुनेछ।

शुक्रबार दिउँसो कोशी र मधेश प्रदेशका अधिकांश स्थानमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेशको थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केहि स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात साथै कोशी र मधेश थोरै स्थानमा, गण्डकी प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यो मौसमी प्रणाली शुक्रबार रातभर हुँदै शनिबार बिहानसम्म सक्रिय हुने पूर्वानुमान गरिएको छ। मौसम खराब भएकाले अत्यावश्यक नपरेसम्म यात्रा नगर्नसमेत महाशाखाले अनुरोध गरेको छ। बाढी पहिरोको जोखिम रहेको भन्दै केही राजमार्गमा सवारी सञ्चालनमासमेत रोक लगाइएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : २४ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख