मुग्लिन नारायणगढ सडक सञ्चालन « Khabarhub

मुग्लिन नारायणगढ सडक सञ्चालन


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तुइन खोला नजिक झरेको पहिरो हटाएपछि मुग्लिन नारायणगढ सडक सञ्चालनमा आएको छ। तुइन खोला पुल नजिकै पहिरो झर्दा अवरुद्ध सडक आधा घण्टामै सञ्चालनमा आएको हो।

अहिले उक्त सडकखण्डमा सवारी सहज रुपमा सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरका सुपरभाइरजर ईश्वर क्षेत्रीले जानकारी दिए। तयारी अवस्थामा रहेका मेसिनले पहिरो हटाउने काम भइरहेको उनको भनाइ छ।

सडक डिभिजन भरतपुरको सूचनामा भनिएको छ, ‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले संचालनमा आएको छ। ढुंगाहरू झर्नेक्रम रोकिएकोले मेसिनको प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको छ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : ५४ बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०