महाकाली सिँचाइ आयोजना : नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति | Khabarhub Khabarhub

महाकाली सिँचाइ आयोजना : नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ । साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ ।

बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन क्षेत्र व्यवस्थापनलगायत कारणले  आयोजनाको प्रगति कछुवा गतिमा भएको हो ।

‘मुआब्जामा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र समयमा वन क्षेत्रको व्यवस्थापन नहुँदा आयोजनाको प्रगति सुस्त भएको हो’, आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेशभक्त  पोखरेलले भने।

इन्जिनियर  पोखरेलका अनुसार निर्माण कम्पनीसँग एक अर्ब ९७ करोडको  सम्झौता गरेर कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चार चरणमा जारी छ । हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर निर्माण भइसकेको छ ।

महाकाली सन्धिअनुसार भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । आगामी २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ । 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १० : ३३ बजे

आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको गत आर्थिक वर्ष २०८१/८२

आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता

काठमाडौं– सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

बेमौसमी हिमपातले हिमालको सौन्दर्य बढाउँछ

काठमाडौं– बेमौसमी वर्षापछि हिमाली क्षेत्रमा कात्तिक महिनामै अचानक हिमपात भएपछि

‘परान’को प्रिमियर : मध्यान्तरमै रुवाबासी

काठमाडौं – फिल्म प्रचारका लागि दर्शकले आँशु खसालेको भिडियो सामाजिक