वरुणको नेतृत्वमा चौधरी ग्रुपले बिकाजीसँग मिलेर नयाँ उद्योग खोल्दै, ५० करोड लगानी « Khabarhub

वरुणको नेतृत्वमा चौधरी ग्रुपले बिकाजीसँग मिलेर नयाँ उद्योग खोल्दै, ५० करोड लगानी


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राजनीतिक अन्योल, आर्थिक मन्दी र निजी क्षेत्रले सामना गरिरहेको कठिन परिस्थितीबीच नेपालका अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले नयाँ उद्योग खोल्न लागेको छ।

भारतको प्रसिद्ध स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल सँगको साझेदारीमा चौधरी ग्रुपले नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा ‘बिकाजी स्न्याक्स फ्याक्ट्री’को शिलान्यास गरेको हो ।

बुधबार सम्पन्न भूमिपूजन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक वरुण चौधरी र जनप्रतिनिधि उपस्थिति थिए ।

यो उद्योग स्थापनाले नेपाललाई आयात–निर्भर देशबाट आत्मनिर्भर खाद्य उत्पादक देशतर्फ अघि बढाउने अवसर प्रदान गर्ने चौधरी ग्रुपले जनाएको छ।

पहिलो चरणमै करिब ५० करोड रुपैयाँ लगानी हुने यो उद्योगले देशभरका युवाहरूका लागि ४०० भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ।

उद्योगमा भुजिया, नमकिन लगायत बिकाजीका स्न्याक्सहरू नेपालमै उत्पादन गरिने छन् ।

‘नेपालको अर्थतन्त्र अहिले नयाँ ऊर्जाको खोजीमा छ। हामी त्यस ऊर्जाको स्रोत बन्न चाहन्छौं,’ प्रबन्ध निर्देशक वरुण चौधरीले भने, ‘हामीलाई तोडफोडले होइन, देशको भविष्यमा विश्वासले अघि बढाउँछ। यही विश्वासले हामी नयाँ उद्योगको जग हालेका हौं।’

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा चौधरी ग्रुपका प्रतिष्ठानहरूमा आगजनी र तोडफोड भएका थिए। तर, त्यसको खरानी र धुलोमाथिबाट उठ्दै ग्रुपले अन्तर्राष्ट्रिय लगानी ल्याएर पुनर्जागरणको सन्देश दिएको जनाएको छ।

फ्याक्ट्री स्थापनाले नवलपरासी र आसपासका क्षेत्रमा औद्योगिक गतिशीलता, कृषि मूल्य–श्रृंखला विस्तार र स्थानीय उत्पादन प्रवर्द्धन ल्याउनेछ चौधरी ग्रुपले जनएको छ।

चौधरी ग्रुपको सीजी फुड्स ब्रान्ड पहिले नै ‘वाइ वाइ’नुडल्समार्फत ६३ देशमा फैलिएको छ । अब ‘बिकाजी स्न्याक्स नेपाल’को स्थापनासँगै अर्को विश्वस्तरीय ब्रान्डको यात्रा सुरू भएको चौधरीले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १ : १४ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र