पुस १६ गते नियमित महाधिवेशन गर्न दबाब बढाउँदै महामन्त्रीद्वय, तयार छैनन् कार्यवाहक सभापति खड्का « Khabarhub

पुस १६ गते नियमित महाधिवेशन गर्न दबाब बढाउँदै महामन्त्रीद्वय, तयार छैनन् कार्यवाहक सभापति खड्का


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा १५ औँ महाधिवेशन आगामी पुस १६ गते गर्ने गरी सहमतिको खोजी भइरहेको छ ।

कांग्रेसको नियमित महाधिवेशन आगामी पुस १६ गते गर्ने गरी सहमति जुटाउन दुई महामन्त्री र कार्यवाहक सभापतिबीच छलफल जारी रहेको सह-महामन्त्री बद्री पाण्डेले बताएका छन्।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अहिले गल्फुटार पुगेर कार्यवाहक सभापति खड्का करिब ३ घण्टादेखि वार्तामा गरिरहेका छन् ।

‘हामीले पुस १६ मा उद्घाटन हुनेगरी नियमित महाधिवेशनको तयारी गरेका छौँ । अन्य साथी पनि यसमा सहमत हुनुहुन्छ । कार्यवाहक सभापति पनि सहमत हुने अपेक्षा राखेका छौँ’, उनले खबरहबलाई भने, ‘नियमित महाधिवेशन पुस १६ देखि गरेर फागुनको चुनावमा जाने समय मिल्छ । हिजो-अस्तिबाट यो कुरामा बृहत् छलफल भएको छ। अहिले कार्यवाहक सभापतिले यसबारे अन्तिम निर्णय गर्ने विश्वास छ।’

पाण्डेका अनुसार दुई महामन्त्री र कार्यवाहक सभापतिबीच छलफल भएपछि मात्रै केन्द्रीय कार्यसमितिको बैठक सुरू हुनेछ।

अहिले बैठकस्थलमा नेताहरू उपस्थित हुने क्रम जारी छ । कार्यवाहक सभापति र दुई महामन्त्री उपस्थित नहुँदा सुरू हुन सकेको छैन।

स्रोतका अनुसार कार्यवाहक सभापति खड्का नियमित महाधिवेशन गर्ने पक्षमा अझै तयार भएका छैनन् ।

उनले दुई महामन्त्रीसँगको संवादमा पनि निर्वाचन अगाडि नियमित र विशेष कुनै पनि महाधिवेशन सम्भव नभएको बताएका छन् ।

शुक्रबा बिहान संस्थापन इतर पक्षका डा. शेखर कोइरालाले पनि पुस १६ गतेबाट नियमित महाधिवेशन गर्ने समयतालिका ठिक रहेको बताएका थिए।

कोइरालासँगको छलफलपछि महामन्त्रीद्वय कार्यवाहक सभापति खड्काको निवासमा गएका हुन्। कोइराला निर्वाचन अगाडि नै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

संस्थापन पक्ष भने आलटाल गरेर निर्वाचन अगाडि महाधिवेशन गर्न नहुने बताइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  १ : ३८ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु