भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ व्यवस्थामा चारवटा कागज पेश गरे पुग्ने | Khabarhub Khabarhub

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ व्यवस्थामा चारवटा कागज पेश गरे पुग्ने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अध्यागमन विभागले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि तोकिएको छ बुँदे मापदण्ड खारेज गरी नयाँ व्यवस्था लागू गरेको छ।

गृह मन्त्रालयको २०८२ साउन १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार, अब भिजिट भिसामा विदेश प्रस्थान गर्न इच्छुक नेपाली नागरिकले केवल चारवटा कागजात पेश गरे पुग्नेछ।

विभागले यो निर्णय सार्वजनिक गर्दै सबै नेपालीलाई कुनै पनि विचौलियाको प्रभावमा नपरी निर्धक्क यात्रा गर्न अनुरोध गरेको छ।

नयाँ व्यवस्थाअनुसार आवश्यक कागजात
१. कम्तीमा ६ महिना वैधता भएको राहदानी,
२. सम्बन्धित देशको भिसा (वा अनअराइभल भिसा प्रदान गर्ने देशका लागि त्यस्तो प्रमाण),
३. गन्तव्यसम्मको हवाई टिकट,
४. भ्रमणको प्रयोजन स्पष्ट गर्दै स्वघोषणा।

विभागका अनुसार यो निर्णय अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ (२)(ख) मा संशोधन गरी गरिएको हो। यसअघि लागू गरिएको छ बुँदे मापदण्डले भिजिट भिसामा हुने प्रस्थानलाई सहज बनाउने उद्देश्य राखे पनि व्यवहारमा त्यसले अनावश्यक झन्झट र अनियमितता बढाएको भन्दै व्यापक आलोचना भएको थियो।

अध्यागमन विभागले भनेको छ, ‘भिजिट भिसाका नाममा हुने अनियमितता र नागरिकलाई हुने हैरानी अन्त्य गर्न सुधारका काम निरन्तर भइरहेका छन्। नयाँ व्यवस्था नागरिकमैत्री र पारदर्शी बनाउने लक्ष्यका साथ लागू गरिएको हो।’

यस्तै, विभागले अध्यागमन नियमन र सहजीकरणबीच सन्तुलन कायम गर्दै राष्ट्रिय सुरक्षाका चुनौती सम्बोधन गर्ने र अध्यागमन प्रशासनमा सुशासन कायम गर्ने कार्यलाई मुख्य प्राथमिकता दिएको जनाएको छ।

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई पनि यो सूचना सबै नागरिकसम्म पुर्‍याउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  २ : ११ बजे

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल