रास्वपाले थालेको छलफलमा एकसाथ देखिए बाबुराम र रेशम | Khabarhub Khabarhub

रास्वपाले थालेको छलफलमा एकसाथ देखिए बाबुराम र रेशम


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले परिवर्तन पक्षधर राजनीतिक दल र शक्ति, समूहहरूसँग शुक्रबारदेखि छलफल सुरू गरेको छ।

‘जेन-जी आन्दोलनका उपलब्धि आगामी बाटो र निकास’ शीर्षकमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेनेको नेतृत्वमा शुक्रबार बृहत राजनीतिक संवाद नेपाल हाउस बालुवाटारमा भइरहेको छ ।

रास्वपाद्वारा आयोजित उक्त वार्ता र छलफलमा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी भएका छन् ।

उनले त्यहाँ अतिथि वक्ताका रुपमा आफ्नो मन्तव्य राखिरहेका छन्। उक्त संवादमा भर्खरै निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी पनि सहभागी छन् ।

रास्वपाले विभिन्न राजनीतिक दलहरूसँग संवाद गर्न उपसभापति वाग्लेको संयोजकत्वमा टोली बनाइसकेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  २ : १७ बजे

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

काठमाडौं– नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय

कुर्सी र सत्ताको सिँढी नबनोस् जेन–जी आन्दोलन  

नेपाल अहिले राजनीतिक रूपमा संवेदनशील मोडमा छ । विगत केही

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण