भक्तपुरमा ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ « Khabarhub

भक्तपुरमा ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ का ग्राहकका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । 

सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो ।

कम्पनीका अनुसार अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस टीका ग्राहकले यताबाट पनि आफ्नो गाडीको सर्भिसिङ गर्न सक्ने भएका छन् । 

यस सर्भिस सेन्टरमा एक्सप्रेस–टीका लागि अत्याधुनिक उपकरणसहितको सर्भिस सुविधा उपलब्ध गराइएको छ । साथै, फास्ट चार्जिङ स्टेशनको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङका अनुसार, हाल बालकुमारी, गोंगबु र भक्तपुरमा ‘एक्सप्रेस–टीका लागि डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा छन् । त्यस्तै, बालकुमारी, एकान्तकुना, टिकाथली, बनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोंगबु, कपन, खाडीचौर र दुधौली क्षेत्रमा फास्ट चार्जिङ स्टेशनहरू पनि सञ्चालनमा छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ३ : १८ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई